पाकिस्तानले न्युजिल्यान्डलाई ७ विकेटले पराजित गर्दै फाइनलमा

खेलकुद मुख्य खबर समाचार

नेपालगन्ज-टी-२० विश्वकप क्रिकेटमा आज भएको पहिलो सेमिफाइनलमा पाकिस्तानले न्युजिल्यान्डलाई ७ विकेटले पराजित गर्दै फाइनलमा पुगेको छ। पाकिस्तानले सन् २००९ मा उपाधि जितेपछि पहिलो पटक टि२० विश्वकपको फाइनलमा स्थान बनाएको हो ।

अष्ट्रेलियाको सिड्नी क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको न्युजिल्यान्डले जितका लागि पाकिस्तानलाई १५३ रनको लक्ष्य दिएको थियो। निर्धारित २० ओभरमा पाकिस्तानले उक्त लक्ष्य ३ विकेट मात्र गुमाएर १९ ओभर १ बलमै पूरा गर्दै ७ विकेटले न्युजिल्याण्डलाई पराजित गरी फाइनल प्रवेश गर्‍यो।

पाकिस्तानका लागि ओपनर मोहम्मद रिजवान र कप्तान बाबर आजमको शतकीय साझेदारीले जितको बलियो आधार बनायो। दुवैले अर्धशतक प्रहार गरे।

पाकिस्तान सुपर १२ को समूह बी को उपविजेताको रुपमा सेमिफाइनल खेलेको थियो । बिहीबार दोस्रो सेमिफाइनलमा भारत र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । जसको विजेताले आइतबार फाइनलमा पाकिस्तानसँग खेल्नेछ ।

भारतसँग चार विकेट र जिम्बावेसँग एक रनले हारपछि पाकिस्तानले नेदरल्यान्ड्सलाई ६ विकेट, दक्षिण अफ्रिकालाई ३३ रन र बंगलादेशलाई ५ विकेटले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो । दक्षिण अफ्रिका सेमिफाइनलमा पुग्न जित्नै पर्ने खेलमा नेदरल्यान्ड्सँग १३ पराजित भएपछि पाकिस्तान नाटकीय रुपमा सेमिफाइनलमा स्थान बनाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *