नेपालगन्ज, १८ बैशाख-पूर्वराजा ज्ञानेन्द्र शाह सोमवार नेपालगन्जको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरमा हुने महाआरतीमा सहभागी हुनुभएको छ ।
एक महिना नेपालगन्जमा बसेर लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाको भ्रमण गर्ने कार्यक्रम सहित पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित सोमवार नेपालगन्जको बागेश्वरी मन्दिरमा हुने महाआरतीमा सहभागि हुनु भएको हो ।
साँझा ५ बजेदेखि सुरु हुने महाआरती साँझा साढे ७ बजेसम्म चलेको थियो । ६ बजे पुग्नु भएका पुर्वराजा ज्ञानेन्द्र समापन सम्म बागेश्वरी मन्दिरमा बस्नुभएको थियो । पुर्वराजा आउने वित्तिकै बागेश्वरी मन्दिरको मुख्य मुख्य मन्दिरमा पुजाआजा गरि महाआरतीमा सहभागी हुनुभएको थियो ।
पूर्व राजा शाहको वैशाख १७ गते जुम्ला भ्रमण, १८ गते बागेश्वरी मन्दिरमा हुने महाआरतीमा सहभागी, १९ गते जनतासँग भेटघाट गर्ने र २० गते दिउँसो ३ बजे नेपालगन्जको रामलिला मैदानमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको छ ।
पूर्वराजाको नेपालगन्जमा हुने नागरिक अभिनन्दनका लागि ५ हजार १ सदस्यीय मूल समिति र १४ वटा उपसमिति बनाइएको छ । राप्रपाका महामन्त्री एवं प्रतिनिधिसभाका सांसद डा. धवल शमशेर राणाको संयोजकत्वमा राजतन्त्र पक्षधर र हिन्दु संघ–संस्थाका प्रतिनिधिलाई समेटेर समिति बनाइएको छ ।