पौने सात लाख बराबर अवैध भन्सार छली ल्याएको सामान बरामद

समाचार

वीरगन्ज ,१२ असोज-छिमेकी राष्ट्र भारत बाट अवैध रुपमा भन्सार छली ल्याउदै गरेको पौने सात लाख रुपैयाँ बराबरको समान प्रहारीले पक्राउ गरेको छ ।

वीरगन्ज महानगरपालिकाको ईनर्वागाउ , नगवा र लिंकरोड स्थित बाट अवैध रुपमा चोरी पैठारी गरि भन्सार छली ल्याएको विभिन्न लत्ताकपडा र मोबाईलका कभरहरु सोमबार सूचनाको आधारमा प्रहरीले बरामद गरेको हो ।

प्रहरीका अनुसार उक्त अवैध सामानको अन्दाजी मुल्य ६ लाख ८३ हजार छ सय सत्तरी रहेको प्रहरीको अनुमान छ । बरामद गरेको सामान आवश्यक कार्वाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा पठाइएको जानकारी जिल्ला प्रहरी कार्यालय पर्सा वीरगन्जले दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *