नेपालगञ्ज । नेपालगञ्ज उद्योग वाणिज्य संघको नेतृत्वका लागि प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहको पक्षमा शुरु गरिएको घरदैलो अभियान महिलाहरुले सोमबार साँझ पनि गरेका छन् ।
ललित कुमार रौनियारको पक्षमा मतदान अभियानका लागि महिलाहरुले शुरु गरेको घरदैलो अभियान सोमबार साँझ नेपालगञ्जका बिभिन्न भागमा संचालन गरिएको छ ।
सुनिला बरालको नेतृत्वमा महिलाहरुको समूहले मतदाताको घरदैलोमा पुगेर प्रजातान्त्रिक समूहको पक्षमा मतदान गर्न आग्रह गरेका छन् ।
संघको नेतृत्वका लागि प्रजातान्त्रिक समूहका उम्मेदवार क्षमतावान रहेकोले आफुहरु उहाँहरुको पक्षमा घरदैलो अभियान शुरु गरेको संयोजक बरालले बताउनुभयो ।
प्रजातान्त्रिक समूहको पर्चा, पम्प्लेट लिएर मतदाताको घरदैलोमा पुग्ने र उहाँलाई रौनियार नेतृत्वको प्यानलमा मतदान गर्न आग्रह गर्ने गरिएको बरालले जानकारी दिनुभयो । यस क्रममा धेरै मतदाता रौनियारको समर्थनमा रहेको देखिएको पनि उहाँले बताउनुभयो ।
प्रजातान्त्रिक समूहको पक्षमा महिलाहरुको घरदैलो अभियान जारी ।
