प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको मतदान बाँकेमा शान्तिपुर्ण ढंगले गरिदै

मुख्य खबर समाचार

नेपालगन्ज ४ मंसिर-प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको मतदान बाँकेमा शान्तिपुर्ण ढंगले गरिदै छ । आईतवार बिहान ७ बजे देखि सुरुवात गरिएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको मतदान बाँकेमा शान्तिपुर्ण ढंगले गरिएको हो । कुल जनसंख्या ६ लाख ६ सय ६६ रहेको बाँकेमा मतदाता संख्या ३ लाख ३२ हजार २ सय २१ जना रहेका छन् । जसमा पुरुष मतदाताको संख्या १ लाख ६८ हजार ८ सय ५३ जना र महिला मतदाताको संख्या १ लाख ६३ हजार ३ सय ६९ जना रहेका छन् । १ सय ३८ मतदानस्थल मध्य १ सय २४ मतदानस्थल अतिनै संवेदनसिल रहेको बाँकेमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको मतदान शान्तिपुर्ण ढंगले हुदै गरेको मतदानस्थलमा खटिएका सुरक्षाकर्मीहरुले जनाएका छन् । अन्य जिल्लामा भन्दा बाँकेमा निर्वाचनलाई केन्द्रित गर्दै मतदानको प्रक्रियालाई सहज र छिटो छरितो भय रहित ढंगले सम्पन्न गराउन तथा मतदातालाई सुरक्षाको लागि बाँकेमा निर्वाचनको पुर्वतयारीले पनि मतदान शान्तिपुर्ण ढंगले गरिदै छ । आफुले मुल्याङ्कन गरेको उम्मेद्वारलाई मतदान गर्न मतदाताहरु बिहानै देखि लाईनमा बसेका छन् । मतदाको सुुरक्षालाई मध्यनजर गर्दै बाँकेमा ३ हजार ४० जना कर्मचारी, १ हजार ५ सय स्वयम सेवक कर्मचारी, २ हजार ५ सय ४१ सुरक्षा कर्मी, १ हजार ५ सय ५९ जना म्यादी प्रहरी खटिएका छन् । जसका कारण बाँकेमा मतदान प्रक्रिया शान्तिपुर्ण भइरहेको छ । आईतवार बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुकी ५ बजेसम्म चल्ने निर्वाचन आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *