नेपालगन्ज,१४ कार्तिक-आइतबार धर्मिक सामाजिक एकता मञ्च बाँकेले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
पाकिस्तान, अफगानिस्तान र बंगलादेशका अल्पसंख्यक समुदायमाथि भैरहेको अत्याचार र विभेदको कडा निन्दा गर्दै एक सप्ताह देखि भारतको त्रिपुरा राज्य लगायतका ठाउँहरुमा मुस्लिम, दलित र अल्पसंख्यक समुदाय माथी भएको अत्याचार विभेदका विरुद्ध दोषीलाई सजाय दिलाउन मञ्चले ज्ञापनपत्र बुझाएको हो ।
धर्मको नाममा मुस्लिम दलित र अल्पसंख्यक समुदाय माथि भइरहेको हिंसात्मक गतिविधि दु:खद र निन्दनीय रहेको नेपाल हज समितिका सदस्य मेराज अहमद हिमालयले भने ।
उनले थपे यद्यपि दोषीलाई कुनै पनि किसिमको सजाय भएन भने हामी थप दबावको कार्यक्रम सन्चालन गर्नासक्ने जिकिर गरेका छन् ।
धर्मिक सामाजिक एकता मञ्च मुस्लिम तर्फका संयोजक मेराज अहमद हिमालय ,धर्मिक सामाजिक एकता मञ्च हिन्दु तर्फका संयोजक दिपक लोध
राजपूत र मुस्लिम धर्मगुरु मौलाना कलिम अरसी लगायत विभिन्न व्यक्तित्वहरुले बुझाएको उक्त ज्ञापनपत्र जिल्ला प्रमुख अधिकारी सुर्य बहादुर खत्रीले सम्बन्धि निकायमा पुर्याउने प्रतिबद्धता जनाउनु भयो ।