नेपालगंज, चैत्र १३-नेपाल पुलिस क्लब र हरियाणा स्पोर्ट्स क्लब प्रधानमन्त्री कप भलिबल प्रतियोगिताको फाईनलमा प्रबेश गरेका छन ।आईतबार नेपालगंज रंगाशानास्थित कबर्ड हलमा सम्पन्न सेमीफाईनलमा हरियाणाले न्यु डायमण्डलाई तथा नेपाल पुलिसले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै फाईनलमा प्रबेश गर्न सफल भएका हुन ।

सम्पन्न पहिलो सेमीफाईनल खेलमा हरियाणाले डायमण्डलाई २५-१७, २५-१५, २३-२५ र २५-१६ ले जित्दै ३-१ सेट्ले खेल आफ्नो पक्षमा पार्न सफल भयो । दोस्रो खेलमा पुलिसले आर्मीलाई सोझो ३ सेटले पराजित गर्यो। पुलिसले आर्मीलाई २५-१८, २५-२३ र २८-२६ ले पराजित गर्यो। सोमबार दिउँसो १ बजे तेस्रो स्थानका लागि र ३ बजे उपाधिका लागि प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा नेपाली सेना, नेपाल प्रहरी, न्यु डायमण्ड, आयोजक लुम्बिनी र भारतको छत्तिसगढ तथा महाराष्ट्र गरि ६ वटा टीमको सहभागिता रहेको छ।
