प्रधानमन्त्री कप भलिबलमा नेपाल प्रहरी र नेपाली सेनाको बिजयी शुरुआत

खेलकुद मुख्य खबर समाचार

नेपालगन्ज, चैत १०–प्रधानमन्त्री कप भलिबल प्रतियोगितामा नेपाल प्रहरी र नेपाली सेनाले बिजयी शुरुआत गरेका छन । बिहिबार नेपालगंज रंगशालास्थित कबर्ड हलमा भएको उद्घाटन खेलमा नेपाल प्रहरीले आयोजक लुम्बिनी युनाईटेड एकेडेमीलाई सोझो तीन सेटमा पराजित गर्दै सुखद शुरुआत गरेको छ। प्रहरीले २५–१४, २५–१३ र २५–९ को सोझो सेटमा लुम्बिनीलाई सहजै पराजित गरेको हो। दोस्रो खेलमा सेना र न्यु डायमण्ड स्पोर्टस एकेडेमी बीच भएको कडा प्रतिस्पर्धामा सेना बाजि मार्न सफल भयो ।

सेनाले पहिलो सेट सहजै २५–१५ ले जित्यो तर दोस्रो सेटमा डायमण्डले उत्कृष्ट पुनरागमनका साथ २९–२७ ले जित्दै खेल १–१ को बराबरीमा पुर्यायो। तेस्रो सेट २५–१६ ले जित्दै सेनाले पुनः२–१ ले आफ्नो अग्रता बढायो । नेपाली सेनाले चौथो सेट २५–२२ ले आफ्नो पक्षमा पार्दै ३–१ ले खेल जित्न सफल भयो । आजबाट शुरु भएको प्रतियोगिता चैत्र १४ गतेसम्म संचालन हुनेछ। प्रतियोगितामा नेपाली सेना, नेपाल प्रहरी, न्यु डायमण्ड, आयोजक लुम्बिनी र भारतको छत्तिसगढ तथा महाराष्ट्र गरि ६ वटा टीमको सहभागिता रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *