प्राइम मिनिस्टर कपको खेल तालिका सार्वजनिक

खेलकुद समाचार

नेपालगनज, ४ कात्तिक–काठमाडौंमा कात्तिक १३ गतेदेखि हुने प्राइम मिनिस्टर कप एक दिवसीय क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ ।
प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टिमको सहभागिता रहने छ । नेपाल क्रिकेट संघ क्यानले जानकारी दिए ।
समूह ए मा नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश छन् ।
यस्तै समूह बीमा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश र प्रदेश १ छन् । हरेक समूहका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन् ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा र मुलपानी क्रिकेट मैदानमा गरेर दैनिक दुई खेल हुने क्यानले जनाएको छ । फाइनल खेल २६ कात्तिकमा हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *