प्रिय मेस्सि तिमिलाई तिम्रो अर्काे चुनौति र यात्राको लागि हृदयत शुभकामना

साहित्य / बिचार / ब्लग

एक न एक दिन त छाड्नु नै थियो ,तर हामी चाहान्थ्यौ कि मेस्सि ले आफ्नो खेल जीवन बार्सिलोना बाटै क्याम्प नोउमा भव्य दर्शक माझ सम्मानका साथ अन्त्य गरून् त्यो फुटबलको दुनियामा एउटा  सुन्दर ईतिहास बन्ने थियो । २०१० बाट मैले मेस्सि संगै बार्सिलोना लाई पनि पछ्याउन थालेको आज ११ वर्ष पुगिसकेको छ । अहिले नी बार्सिलोना छाड्दै छन् त्यसको पीडा हामी समर्थकलाई कति छ भन्ने शब्दमा बयान गर्न सकिन्न ।

हिजोसम्म  सम्झौता नविकरण हुने पक्का भन्ने समाचार देख्दा हर्षले गदगद भयको थिएँ । अनि साझ को साढे ९ तिर समाचार आयो  आयो कि मेस्सी ईज नो मोर बार्सा प्लेयर ।

तैपनि बिश्वास नभयर साथी हरु दाइ हरु सङ अनि अरु खेलसमाचारका पोर्टलहरु रात भरी हेरे तर अन्तमा लालिगा एफएफपि विधानका अनुसार मेस्सीलाई बार्सिलोनाले लियोनल मेस्सीलाइृ अनुबन्ध गर्न रोकेको कुरा बुझे ।

रात भर निद्रा लागेन  मोवाईल चलायर बसे , समाचार अफवाह पो होकि भनेर हत्तपत्त फेसबुक खोले सबैतिर त्यहि समाचार छ मेस्सिले बार्सिलोना छाडे भनेर । मनै खल्लो भयो गुगल तिर चर्चित खेलसमाचारका पोर्टलहरुको च्यानल हरू अन्य पेजहरूमा हेरे त्यहि समाचार देखे ।

अनि बिहान काम मा गयँ कामको समयभरी त्यहिमात्र मनमा खेलिरह्यो एकातिर काम बिग्रने डर अर्कोतिर त्यहि कुरा मात्र मनमा आईरह्यो, थोरै आशा थियो कतै पत्रकार सम्मेलन पछि केही भैहाल्छ कि भनेर ।

तर अब सबै सम्भावना समाप्त भैसक्यो । निश्चय नै हामी सन्सार भर रहेका उनको समर्थकहरू अत्यन्तै दुखि छौ कि उनी बार्सिलोना छाडेर जादैछन् । सपना भैदिएपनि हुनेथियो जस्तो लाग्छ । गएको केही सिजन तनावपुर्ण बितेपनि नया सिजन नया उर्जा र जोश सगै सबै मैदान उत्रने छन् भन्ने आशा थियो । केही राम्रा खेलाडि आएका छन् ला–मासिया का युवा प्रतिभा सगै लियर नया सिजनमा होमिने छन्  बार्सिलोना को सान फर्काउने छन् भन्ने आशा थियो तर सिजन सुरू नभई हामिलाई हजारौ भोल्टको झट्का लाग्यो । मन टुट्यो । अहिले सबै आशा निराशामा परिणत हुदैछन् ।

हाम्रो ईतिहासकै सर्वश्रेष्ठ प्रिय खेलाडि ले छाडेर जादैछन् । उनिप्रति हाम्रो कुनै गुनासो छैन उनले व्यतिगत अवार्ड र क्लबलाई सबथोक जिताईसकेका छन् । उनको जति योगदान छ सायदै त्यो कुनै खेलाडिले दोहोर्याउन सक्दैन ।

धेरै वर्षदेखिको उनिमाथि लाग्ने गरेको आरोप देशका लागि उपाधि जिताउन सकेनन् भन्ने लाई पनि उनले केही हप्ता अघि कोपा अमेरिका जिताएर मुखमा बुजो लगाईदिए । मैदानमा उनको  मनै लोभ्याउने जादुमयि खेल, उनको प्रतिभा, को जतिनै तारिफ गरेपनि पुग्दैन ।

उनको प्रस्थानले  बार्सिलोना मात्र हैन पुरै ला–लिगा ले ठुलो क्षति व्यहोर्नु पर्नेछ यो सबैलाई  थाहा छ । मेस्सि पनि नभएपछि ला–लिगा र बार्सिलोना को महत्व अवश्य घटेर जान्छ । मेस्सि जाहा गएपनि म उनलाई समर्थन गरेर उनको खेल अवश्य हेरीरहने छु, तर म बार्सिलोनालाई समर्थन गर्न भने छाड्ने छैन ।
बार्सिलोना सँगको १२ वर्षे यात्रा त्यसै काहा छाड्न सकिन्छ र । यस बिचमा धेरै खेलाडि आए गए, आएकालाई स्वागत गर्यौ, गएकालाई सम्मान साथ बिदाई गर्यौं । खेलमा यस्ता  अनेकौ खुशिको पल साथै दुखको  पल आउँछ बस त्यसलाई  सम्हालेर अघि बढ््नुपर्छ ।

फेरि पनि हामिले मेस्सिले गोल गरेको हेर्न त पाउने छौ तर बार्सिलोना को लागि हैन अरू कसैको लागि । उनी जहाँ गएपनि  बार्सिलोना बिरूद्ध कुनैदिन खेल्नै  पर्नेछ । बार्सिलोना को खेलाडिलाई छलाउदै उनले गोल गर्दा  त्यो बेला हामिलाई झनै सम्हालिन गारो हुनेछ । कयौ रात बार्सिलोना को खेल छ भनेर कुरी बसेको त्यो क्षण अनि आज मेस्सि मैदान मा छन् भन्ने बित्तिकै  अर्कै जोश र आशाको किरण आउने ती दिन, उनले गोल गर्दा चिच्चाएका ती पल  अनि उनको हातले ट्रफि उचाल्दा खुशि भएको हरेक दिनको सम्झना आउने छ, क्याम्प नोउमा खेल दौरान मेस्सि मेस्सि मेस्सि  भन्दै गुन्जने ति आवाज र  दिनहरूले पल पल सताउने छ ।

कुनैदिन उनले  बार्सिलोना बिरूद्ध गोल गरेभने त्यो समय झनै पिडादायि हुनेछ । दशा त त्यहिबाटै सुरू भैसकेको थियो जब ईनिएष्टा, नेईमार, मस्चेरानो, जाभि एक एक  गरि बार्सिलोना छाड्दै थिए । कल्बले पनि हर समय मेस्सिको भरमा बस्यो उनको बड्दो उमेरलाई ध्यानमा राखेर उनको बिकल्प खोज्ने प्रयास गरेन ।

महङ्गा खेलाडि मात्र ध्यान दियो अहिले नत उनिहरूले राम्रो गर्न सके नत मेस्सि नै रहे, अर्कातिर कल्ब ऋणमा मात्र फस्यो ।  भावि दिन कस्तो हुने हो सोच्नै सकिन्न । मेस्सि बिनाको बार्सिलोना  कस्तो हुने हो, उनको स्थानबाट खेल्ने धेरै आउलान् तर उनले जस्तो खेल्ने  कोहि आउने छैनन् । फुटबलको दुनियामा एउटै मात्र मेस्सि जन्मिए जसलाई बार्सिलोना ले पायो । अब नत उनिजस्तो मेस्सि जन्मिन्छन् । नत बार्सिलोना ले नै पाउछ यो असम्भव जस्तै छ ।

अन्तयमा यति भन्छु कि मेस्सि सधैव हाम्रो मन मस्तिस्कमा रहने छन् सधैभरी म उनलाई  सम्मान को साथ  मेरो मनमा राख्नेछु । मेरो भावि पुस्तालाई अवश्य पनि म चिनाउने छु कि यिनै हुन् सर्वश्रेष्ठ र हाम्रा महान्  प्रिय खेलाडि ‘लियोनल मेस्सि’ जस्ले २ दशक बार्सिलोना को लागि खेलेका थिए । जादाजादै मेस्सि लाई यति भन्छौँ कि फुटबलको दुनियामा  तिमी हाम्रो आईडल हौ । हामी तिमिलाई जिवनभर भुल्ने छैनौ, तिमिलाई तिम्रो अर्को चुनौति र यात्राको लागि हृदयत शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *