बाँके, ९ असार-नेपालगंज उपमहानगरपालिका वडा नं.१२मा रहेको फुलबारी टोलका स्थानियहरुले सिन्धुपाल्चोक बाढिपिडितलाई परेको प्राकृतिक विपत्तिलाई केही भए पनि मलम लगाउने कार्य गरेको छन । जम्मा बढिमा ४० घरधुरी भएको फुलबारी टोलका स्थानिहरुले आफुहरु मिलेर २६ हजार ७ सय ६६ रुपैया नेपालगंज स्थित मेगा बैक मार्फत हेलम्वु गप्पा,विपत व्यवस्थापन कोषमा जम्मा गरेको छन । यसरी टोल बासीहरुले जम्मा गरेको रकमको बारेमा जानकारी साथै रकम बुझाएको भौचर स्थानिय नेपालगंज उपमहानगरपालिका वडा नं.१२ का अध्यक्ष बुद्धिसागर सुवेदीलाई हस्तान्तरण गरेको छन ।यसरी टोल मार्फत आएको रकम बुझाएको भौचर ग्रहण गर्दै स्थानिय जनप्रतिनितिको नाताले वडाको तर्फबाट रु १० हजार सहयोग गरीने प्रतिवद्धता वडा अध्यक्ष सुवेदीले गरेका छन ।फुलबारी टोलका अध्यक्ष रोशन श्रेष्ठले मेलम्ची पनि एउटा फुल हो नेपालीहरुको मालामा पर्ने अतः नेपालको जुनसुकै कुनामा रहेका नेपालीहरुले दुख पाउँदा आफुहरु निकै चिन्तित तुलाउने बताए ।रकम हस्तान्तरण कार्यक्रम भनेको भएता पनि रकम बैकमा जम्मा गरीएको हुदाँ स्थानिय वडालाई रकम जम्मा गरीएको भौचर हस्तारन्तरण गरीएको थियो । टोल समितिका उपसभापति शुशिला पौडेलले स्वागत गरेको हस्तान्तरण कार्यक्रमको प्रमुख अतिथिमा वडा नम्बर १२का अध्यक्ष बुद्धि सागर सुवेदी,वडा सदस्य दिनेशराज पन्त,टोल समितिका कोषाध्क्ष धनीराम थापा,नेपाल प्रेस युनियन बाँकेका कोषाध्यक्ष मधु पौडेल लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन समितिका सचिव रविन्द्र हमालले गर्नु भएको थियो ।
फुलबारी टोलद्धारा सिन्धुपाल्चोक बाढि पिडितलाई रहात स्वरुप २६ हजार सहयाेग
