बन्य जन्तु ओसार पोसार मुद्दामा फरार रहेका मनिराम र धनिराम थारु पक्राउ

समाचार

नेपालगन्ज,असोज-बन्य जन्तु ओसार पोसार मुद्दामा फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिहिवार जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ९ को ४४ वर्षिय मनिराम थारु र सोही ठाँउको ४३ वर्षिय धनिराम थारु रहेका प्रहरीले बताएको छ ।

प्रहरी स्रोतका अनुसार , बाँके जिल्ला अदालतबाट वन्य जन्तु ओसार पसार मुद्दामा ११ महिना १० दिन सजाय तोकिएकोमा उनीहरु हालसम्म फरार रहेका थिए । पक्राउ गरी उनीहरुलाई बाँके जिल्ला अदालत बुझाइएको प्रहरीले जानकारी दिएको छ ।

बन्य जन्तु ओसार पोसार मुद्दामा फरार रहेका दुईजना थारुलाई पाँच वर्ष पछि बाँके प्रहरीले पक्राउ गर्न सफल रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *