काठमाडौ,३२ श्रावण-नेकपा एमालेका सचिव एवं प्रवक्ता प्रदीप ज्ञवालीले वरिष्ठ नेता माधवकुमार नेपालले अलग्गै बाटो तय गरिसकेजस्तो लागेको बताएका छन्।
सेतोपाटीसँग भिडिओ कुराकानी गर्दै सचिव ज्ञवालीले नेपालका गतिविधिले आफूलाई यस्तो लागेको उनले बताए। यद्यपि नेपाल समूहमा रहेका धेरै नेता(कार्यकर्ता एकताको पक्षमा रहेकोसमेत उनको दाबी छ।
हामीले साउन ३ विश्वासको मत दिने प्रक्रियालाई केही दिन स्थगित गरेर पार्टी एकताको प्रयास गरौं भनेको हो। तर उहाँले १० बुँदे सहमति नमान्ने र शेरबहादुर देउवालाई विश्वासको मतसमेत दिने बताउनुभयो। उहाँले आफू अल्पमतमा हुने बैठकमा नजानेसमेत स्पष्ट पार्नुभयो,ु ज्ञवालीले भने,ुत्यसैले माधव कमरेडले अलग्गै बाटो तय गरिसक्नुभयो भन्ने लाग्छ। त्यो हाम्रो आरोप होइन। उहाँको गतिविधिले देखाएका कुरा हो। उहाँसँग जोडिएका धेरै साथीहरू पार्टी एकताको पक्षमा छन्।ु
कुनैबेला नेपालको पक्षमा ४२ जना सांसद भए पनि त्यो संख्या घट्दै गएकोसमेत ज्ञवालीको दाबी छ।