बर्तमान सरकार राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता र विकास विरोधि छ : अध्यक्ष ओली

मुख्य खबर समाचार

नेपालगन्ज, ६ असाेज-नेकपा एमालेका अध्यक्ष तथा नेपाल सरकारका पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनबाट बनेको बर्तमान सरकार राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता र विकास विरोधि भएको आरोप लगाएका छन् । बुधबार बाँकेको नेपालगन्जमा भएको नेकपा एमाले बाँकेको जिल्ला भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलिले अदालतको परमादेशबाट बनेको सरकारले १४ सय सडक आयोजना रद्व गर्नु, परराष्ट्र मामिलाका जानकार तथा विद्वान–विद्वान व्यक्तिहरुलाई राजदुतावास बाट फिर्ता बोलाउनु, भुमि सम्बन्धि समस्या समाधान आयोग खारेज गर्नु र पार्टि विभाजनलाई सजिलो बनाउनका लागी अध्यायदेश ल्याउनुले बर्तमान सरकारको नालाएकीपन छरपस्ट भएको बताए ।

शिक्षा, स्वास्थ्य, आवास, सामाजिक विकास जस्ता कुरामा तत्कालिन सरकारले महत्वपुर्ण उपलब्धीहरु हासिल गरेको जानकारी दिंदै अध्यक्ष ओलिले जनता आवास अन्र्तगत बनेका १२ हजार घर, एदैदिन शिलान्यास गरिएका ३१ वटा सडक पुल तथा २ सय १० वटा ससडक बाटो र ३ सय ९६ वटा अस्पताल एकैदिन शिलान्याश गरेर विकासका कामहरुलाई तिव्ररुपमा अघाडि बढाएको स्मरण गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *