नेपालगन्ज, २९ श्रावण-बाँके युनेस्को क्लबले बर्दियाको बढैयाताल गाउँपालिकामा रहेको विद्याज्योती माध्यामिक विद्यालयमा बाल संरक्षण निति, आचारसंिहता र गुनासो सुनुवाई संयन्त्र निर्माण सम्बन्धि कार्यशाला सम्पन्न गरेको छ ।
क्लबद्धारा प्लान इन्टरनेसनल नेपालको सहयोगमा सञ्चालन गरिएको बालविवाह, कम उमेरमा गर्ने विवाह र जबरजस्ती गर्ने विवाह रोकथाम परियोजना अन्तर्गत सो कार्यशालाको आयोजना गरिएको हो ।
गत वर्षदेखिनै बर्दियाका गुलरिया, राजापुर, बाँसगढी नगरपालिका र बढैयाताल गाउँपालिकाका ४० वटा विद्यालयमा बालसंरक्षण सम्बन्धि नितिगत कार्यशालाहरु गरेर निति, आचारसंिहता र सयन्त्र निर्माण गर्दै आएकोमा सोही अनुरुप यो कार्यशाला पनि गरिएको क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।
उहाँले गत आर्थिक वर्षमा २५ वटा विद्यालयमा नितिहरु निर्माण भै कार्यान्वयनमा रहेको र यो वर्ष १५ वटा विद्यालयमा त्यस्ता निति र आचारसंिहता निर्माण गरिने बताउनुभयो ।
विद्यालयलाई बालबालिकाका लागि सुरक्षित बनाउने उदेश्यका साथ बढैयाताल ८ कण्ठपुरमा रहेको सो विद्यालयमा बाल संरक्षण निति, आचारसंिहता र गुनासो सुनुवाई संयन्त्र निर्माण गर्न कार्यशाला आयोजना गरिएको क्लबका अध्यक्ष राजेन्द्र चौधरीले बताउनुभयो ।
विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक र बालबालिकाको सहभागितामा सम्पन्न गरिएको सो कार्यशाला तालिममा विद्यालयलाई सुरक्षित बनाउन विद्यार्थिलाई टिकाई राख्न तथा कुनैपनि प्रकारका हिंसा, दुव्र्यवहार रोक्ने बारेमा बृहत्त छलफल भएको परियोजनाका संयोजक बसन्त विसीले बताउनुभयो ।
सो कार्यशालाको सहजीकरण मध्यपश्चिमाञ्चल विश्व विद्यालयका प्राध्यापक रविन मल्लले गर्नु भएको थियो भने सो कार्यशाला एक चरणमा भर्चुअल तथा दुई चरणमा सहभागिको प्रत्यक्ष उपस्थितिमा सम्पन्न भएको थियो ।
यसअघि बाल संरक्षण निति, आचारसंिहता र गुनासो सुनुवाई संयन्त्र निर्माण गरिएको बर्दियाका २५ वटा विद्यालयमा ती सबै निति र आचारसंिहताको राम्रो तरिकाले कार्यान्वयन भैरहेको बाँके युनेस्को क्लबले जनाएको छ ।
बर्दियाका विद्यालयहरुमा बालसंरक्षण, आचारसहिंता र सयन्त्र निर्माण नितिगत कार्यशाला
