बर्दियामा एक ट्याक्टर अवैध केराउ सहित चालक पक्राउ

मुख्य खबर समाचार

सहाबुद्दिन हलवाई
नेपालगन्ज , २३ भदौ-
मंगलबार बर्दियाको मधुवन नगरपालिका ११ न. बडागाउँ स्थित एक ट्याक्टर अवैध केराउ सहित एकजना चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

भे. १ त. ९६५५ नम्बरको ट्याक्टरमा लोड गरेर चोरी निकासी गरि अवैध रुपमा छिमेकी राष्ट्र भारततर्फ लैजादै गरेको केराउ सहित जिल्ला बर्दिया मधुवन नगरपालिका वडा न. ७ बस्ने वर्ष २० का ट्याक्टर चालक राम कुमार चौधरीलाई जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक गोपाल पौडेल र ईलाका प्रहरी कार्यालय सानोश्री बर्दियाबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो ।

प्रहरीले सोही स्थानको दुई ठाउँबाट ६१ क्विन्टल ३० किलोग्राम केराउ फेला परी बरामद गरेको हो ।
उक्त केराउको मुल्य ४ लाख ३० हजार ५ सय र ट्याक्टर थान १ को मूल्य १२ लाख अन्दाजी रहेको प्रहरीले दाबी गरेको छ ।

बरामद गरेको सो केराउ , ट्याक्टर सहित चालकलाई नियन्त्रणमा लिई थप आवश्यक कार्वाहीका लागि राजापुर भन्सार कार्यालय गुलरिया बर्दियामा पठाइएको जानकारी जिल्ला प्रहरी कार्यालय बर्दियाले दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *