बर्दिया : वेवारिसे अवस्थामा रहेको सामान बर्दिया भन्सार कार्यालयमा बुझाईएको छ ।
बुधवार ईलाका प्रहरी कार्यालय ढोढरी बर्दियाबाट खटीएको गस्ती टोलीले जिल्ला बर्दिया मधुबन नगरपालिका वडा नं. ४ र ५ को नेपाल भारत तर्फको खुल्ला सिमानाकाबाट भन्सार छली गरी ल्याईएको वेवारिसे अबस्थामा राखिएको सामान भन्सार कार्यालय बर्दियामा बुझाईएको हो ।
अन्दाजी ५० हजार मुल्य बराबरका निम्न सामानहरु फेला पारी आबश्यक कारबाहीको लागी राजापुर भन्सार कार्यालय गुलरिया बर्दियामा पठाईएको प्रहरीले जनाएको छ । वेवारिसे सामानमा आलु ७५० किलोग्राम , १०० एम.एमको ५० मिटरको खाक्सी –२ पिस, ईलेक्ट्रोनिक धाराको टुटी ३५० पिस रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।