बर्दिया गुलरियाको सेफ हाउसलाई युनेस्कोद्धारा कोभिड सुरक्षा सामाग्री हस्तान्तरण

मुख्य खबर समाचार

नेपालगन्ज, २९ जेठ-बाँके युनेस्को क्लबले बर्दियाको गुलरियामा हिंसा पिडितलाई आश्रय दिन स्थापना गरिएको सेफ हाउस (सेवा केन्द्र) लाई कोभिड सुरक्षा सामाग्री र कपडा हस्तान्तरण गरेको छ । प्लान नेपालद्धारा सञ्चालन गरिएको बाल संरक्षण परियोजना अन्तर्गत विभिन्न प्रकारका हिंसाबाट पिडित भै सेफ हाउसमा आश्रय लिईरहेका बालबालिकालाई कोभिड सुरक्षा सामाग्री र कपडा हस्तान्तरण गरिएको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।
सो सेफ हाउसमा रहेका करिब २५ जनालाई पुग्ने गरि उपलब्ध गराईएको कोभिड सुरक्षा सामाग्रीलाई बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माले सेफ हाउसका प्रमुख लक्ष्मी मुडवरीलाई हस्तान्तरण गर्नुभयो ।
सो अवसरमा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी शर्माले यो सामाग्रीले सेफ हाउसमा रहनु भएकालाई कोभिडबाट जोगाउन सहयोग गर्ने बताउँदै सकेसम्म कसैलाई पनि सेफ हाउसमा आउन नपरोस भन्ने वातावरण बनाउन तर्फ सबैजना लाग्नु पर्ने कुरामा जोड दिनुभयो । समाजमा कसैले पनि कुनै प्रकारको हिंसाको शिकार बन्न नपरोस भन्ने उदेश्यले प्लानले क्लबमार्फत काम गरिरहेको उहाँले बताउनुभयो ।
सेफ हाउसलाई हस्तान्तरण गरिएको सामाग्रीमा सोडियम, सेनिटाइजर, मास्क, ह्यान्ड ग्लोब्ज र दुई जना बच्चाका लागि लुगा कपडा रहेको बाल संरक्षण परियोजनाका संयोजक बसन्त विसीले बताउनुभयो ।

बाल संरक्षण, महिला बेचविखन नियन्त्रण लगायत कोरोना प्रभावितका लागि प्लान नेपालले बाँके युनेस्को क्लब लगायतका संघसंस्था मार्फत बाँके र बर्दियामा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *