बाँकेको विकासकालागी निरन्तर पहल गरीरहन्छु : मन्त्री अथक

मुख्य खबर समाचार

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले बाँकेको विकासकालागी आफुले नियमित रुपमा कदम उठाइरहेको बताएका छन । राप्तीसोनारी गाउँपालिकावडा नं. १ कुशुममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै मन्त्री अथकले बिगतदेखी नै बाँकेको विकासकालागि आवाज उठाईरहेको र आगामी दिनमा समेत
निरन्तर पहल गरीरहने बताएका हुन । आफ्नो ५ वर्षे कार्यकालमा पटक-पटक सदनमा राप्तीसोनारीको विकासको लागी कुरा उठाउदै आएको बताउँदै उनले विकट क्षेत्र भनेर चिनिने राप्तीसोनारी र नरैनापुरलाई बिकासको मुलधारमा ल्याउन सफल भएको उल्लेख गरे ।बाँके क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका मन्त्री अथकले जनतालाई एकताको भाव दिन गठबन्धन गरिएको बताउँदै बाँकी रहेका कामहरु पुरा गर्न जनताले बाम लोकतान्त्रीक गठबन्धनका उम्मेदवारहरुलाई उत्याधिक मतले विजयी गराउन आग्रह गरेका थिए ।
कार्यक्रमा बोल्दै बाँके क्षेत्र १ (क) लुम्बिनी प्रदेश सभा सदस्य पदकी उम्मेदवार कृष्णा केसी (नमुना)ले नरैनापुर र राप्तीसोनारीको विकासका लागी थुप्रै कामहरु अगाडी बढाइएको बताउँदै पछिल्लो ५ वर्षको अवधिमा विकासका
कामहरुले गति लिएको बताइन । ‘हामीले केही कामहरु सुरु गरेका छौं, तिकामहरुलाई पुर्णता दिन गठबन्धनले जित्नुपर्छ’ उनले भनिन । कार्यक्रममा समानुपातिक उम्मेदवार संगीता थारु, उम्मेदवार रामकृष्ण
बि.क., बाम लोकतान्त्रीक गठबन्धन बाँके क्षेत्र नं. १ निर्वाचन परिचालन समितीका संयोजक नरेन्द्र न्यौपाने, सह संयोजक पोषण केसी, माओवादी केन्द्रकी स्थाई समिती सदस्य पुर्णा कुमारी सुबेदी लगायतले आफ्ना भनाइ
राखेका थिए । कार्यक्रममा बाम-लोकतान्त्रीक गठबन्धनका नेता कार्यकर्ता, सर्वसाधारण लगाएतको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *