नेपालगन्ज १७ जेठ- बाँकेका अस्पतालमा कोरोना भाइरस संक्रमित थप ६ जनाको मृत्यु भएको छ । संक्रमित बिरामीहरुको उपचार भैरहेको नेपालगन्ज स्थित भेरी अस्पतालमा ३ जना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा तीनजना गरि थप ६ जना संक्रमितको मृत्यु भएको हो । जिल्लाका कोरोना फोकलपर्सन तेज ओलीका अनुसार मृत्यु हुनेहरुमा नारायण नगरपालिका-५ दैलेखका ६० वर्षीय पुरुष, राप्तीसोनारी-७ बाँकेका ५० वर्षीया महिला, नेपालगन्ज उपमहानगरपालिका-१२ का ८७ वर्षीय पुरुष, मध्यनेपाल-४ लम्जुङका ३१ वर्षीय पुरुष हुनुहुन्छ । त्यस्तै उपचारका क्रममा तुलसीपुर उपमहानगरपालिका-७ दाङका ८३ वर्षीय पुरुष र घोडाघोडी नगरपालिका-१ कैलालीका ४० वर्षीया महिलाको समेत संक्रमणकै कारण मृत्यु भएको छ । योसँगै बाँकेमा कोरोना भाइरस संक्रमणका कारण उपचारका लागि जिल्ला बाहिरबाट आएका २८६ जना र जिल्लाकै २९१ जनाको मृत्यु भएको छ । (स्वास्थ्य पेज)
बाँकेमा काेराेनाबाट थप ६ जनाको मृत्यु
