नेपालगन्ज, ३१ जेठ-कोरोना भाइरसको जोखिम कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेले निषेधाज्ञा थप एक हप्ता लम्ब्याइएको आनकारी दिएको छ । जिल्ला प्रशासन कार्यालय, बाँकेले सुचना जारी गर्दै आगामी असार ७ गते राती १२ बजेसम्म निषेधाज्ञा थपेको हो । कोरोना भाइरस संक्रमण तिब्र रुपमा फैलिएपछि बाँके प्रशासनले यसको रोकथाम र नियन्त्रणका लागि गएको बैशाख १३ गतेदेखि बाँकेमा एकहप्ताका लागि निषेधाज्ञा जारी गरेको थियो । त्यसपछि पटक पटक दिन थप गर्दै निषेधाज्ञा असार ७ गतेसम्म पुर्याइएको हो । यसपटक पनि प्रशासनले उपभोग्य वस्तुका पसल व्यवसाय स्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालना गरि बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म खुल्न दिने भनेको छ । यस अघि १२ बजेसम्म मात्र पसल खोल्न अनुमती दिएकोमा अहिले २ घण्टा खुकुलो पारेको छ ।
