बाँकेमा प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न

मुख्य खबर समाचार

नेपालगन्ज, ४ मंसिर-बाँकेमा प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको छ । जिल्लाका १३८ मतदान स्थलका ३८० मतदान केन्द्रहरुमा शान्तिपूर्णरुपमा मतदान कार्य सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको हाे ।

३ लाख ३२ हजार २३१ मतदाता रहेको बाँकेमा २ लाख १८ हजार ३४९ मत खसेको छ । बाँकेमा ६५ दशमलव ७ प्रतिशत मत खसेको कार्यालयले जानकारी गराएकाे छ ।जसमा पुरुष १ लाख ६ हजार ३२२ जना पुरुष र १ लाख १२ हजार २४ जना महिला तथा ३ जना तेस्रो लिङ्गीले मतदान गरेका छन् ।

मतपेटिकाहरु मतगणनास्थल पुगी सकेकाे र दलहरुसँग बैठक बस्ने जिल्ला निर्वाचन अधिकारी रमा पन्तले जानकारी गराईन। दलहरुको सहमतिमा त्यस लगत्तै मतगणना शुरु हुने उनले बताइन् ।

बाँकेका ३ वटै निर्वाचन क्षेत्रमा कुनै बल प्रयोग गर्नु पर्ने अवस्था नआइ मतदान सम्पन्न् भएको बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बताउनुभयाे। मतदाता र दलहरुको संयमताले बाँकेमा शान्तिपूर्ण वातावरणमा मतदान सकिएको उनले बताए ।

बाँके १ को मतगणना राप्तीसोनारी गाँउपालिका कार्यालय अगैयामा, क्षेत्र नम्बर २ को भेरी प्राविधिक शिक्षालय नेपालगन्जमा र क्षेत्र नम्बर ३ को मतगणना कपास विकास समिति, खजुरामा हुने ।

बाँकेमा तीन जना प्रतिनिधि सभा र ६ जना प्रदेश सभा सदस्यका लागि ८९ जनाले प्रतिस्पर्धा गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *