मधु पौडेल,
बाँके २३ जेठ-बाँके जिल्लालाई १०० थान अक्सिजन सिलिण्डर सहितको स्वास्थ्य सुरक्षाका सामग्री प्राप्त भएको छ । वर्ल्ड भिजन इन्टरनेशनल नेपालले जिल्ला प्रसासन कार्यालय प्रमुख शिवराम गेलाललाई उक्त सामाग्री प्रादान गरेको हो । इन्टरनेशनल नेपालका फिल्ड अपरेसन प्रबन्धक एवं कोभिड-१९ प्रतिकार्य प्रमुख चेतराज भट्टराई मार्फत जिल्ला प्रशासन अधिकारी गेलाललाई सो स्वाथ्य सुरक्षा सामाग्री प्रदान गरेका हुन । प्राप्त स्वास्थ्य सुरक्षाका सामाग्रीहरुमा ग्यास भरीएका एक सय थान अक्सिजन सिलिण्डर,पचास थान पिपिई सेट,तिन सय ओटा सर्जिकल मास्क,दश लिटर हेन्ड सेनिटाइजर,छत्तीस वटा एन नाइन्टी मास्क, र छ थान हेन्ड वास लगायतका स्वाथ्य सुरक्षा सामाग्रीहरु जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेलाई हस्तान्तरण गरिएको हो।
बाँकेलाई भिजनको सहयोग
