नेपालगन्ज-चालु आ.व.०७८÷०७९ को ६ महिनामा जम्मा नौ करोड ३९ लाख ९३ हजार आठ सय सात ?पैँया राजस्व संकलन भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी गराएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले आज नेपालगन्जमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी चालु आर्थिक वर्षको ६ महिनाको प्रगति प्रतिवेदनद्धारा उक्त जानकारी गराएको हो । प्रहरीले भन्सार चोरी पैठारी, सुन तस्करलाई कारवाही, ट्राफिक जरिवाना, नदीजन्य पदार्थ उत्खन्न, जुवातास कारवाही, काठ तस्करी कारवाहीलगायतबाट नौं करोड ३९ लाख, ९३ हजार आठ सय सात ?पैयाँ राजश्व संकलन भएको जानकारी गराएको हो ।
बाँके प्रहरीले यसै अवधिमा ८८ जना लागुऔषध कारोवारी पक्राउ गरेको जानकारी दिएको छ । प्रहरी प्रवक्ता डिएसपी मधुसूदन न्यौपानेका अनुसार ती व्यक्तीह?बाट दुई सय ६५ ग्राम ६ सय १० मिलिग्राम ब्राउन सुगर, चार किलो तीन सय ७५ ग्राम चरेश, तीन हजार पाँच सय ४३ ट्याब्लेट नाइट्रोजेपाम, छ सय लिटर कोरेक्स, २० ग्राम गाँजा र १ हजार चारसय ३० ट्याब्लेट ट्रमाडोल बरामद गरिएको छ । बरामद गरिएको लागु औषध पत्रकारह?कै उपस्थितिमा आज नष्ट गरिएको छ । त्यस्तै पाँच लाख ११ हजार नगद समेत उनीह?बाट बरामद भएको उहाँले बताउनुभयो । यस्तै यो अवधिमा एक सय ३९ जना फरार अभियुक्तलाई समेत पक्राउ गरिएको छ । उनीह?बाट ३७ लाख ९९ हजार पाँच सय १४ ?पैयाँ जरिवाना असुल समेत गरिएको छ । बाँके प्रहरीले भन्सार चोरी पैठारी गरिएको ठूलो मात्रामा रहेको सामान समेत बरामद गरेको छ । चार करोड ३६ लाख २६ हजार छ सय आठ ?पैयाँ बराबरको अवैध सामानसहित २७ जना तस्कर पक्राउ परेको एसपी श्यामकृष्ण अधिकारीको भनाइ छ । प्रहरीले यो अवधिमा पाँच सय ३७ मुद्दामा छ सय ७४ जनालाई पक्राउ गरी कारवाही गरेको छ ।
बाँके प्रहरीद्वारा ६ महिने प्रगति प्रतिवेदन विवरण सार्वजनिक ।
