बाँके प्रहरीले अवैध सामान बरामद गरी भन्सार पठायो

मुख्य खबर समाचार

बाँके-बाँके प्रहरीले १ लाख ४ हजार ८ सय रुपैया बराबरको अबैध भन्सार छलिको सामान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले बुधबार नेपालगन्ज उप–महानगरपालिका–१० बाट सो सामाग्रीहरु बरामद गरेको हो ।

बरामद गरिएका सामानहरुमा लत्ता कपडा, मिक्सर मेशिन, मोबाईल कभर, छोहरा लगायतका विभिन्न कुराहरु रहेको बाँके प्रहरीले जनाएको छ ।

बरामद गरीएको सो सामाग्री आवश्यक प्रक्रिया पुरा गरि थप कारवाहीको लागी भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *