बाघको आक्रमणले कञ्चनपुरकी कलसा सार्कीको मृत्यु

समाचार


नेपालगन्ज,चैत १०–भारतको दुधुवा नेशनल पार्कमा घाँस दाउरा गर्न गएका बेला बाघले आक्रमण गर्दा कञ्चनपुरकी कलसा सार्कीको मृत्यु भएको छ ।

शुक्रबार बिहान नेशनल पार्कभित्र घाँस दाउरा गर्न गएकी पुनर्बास नगरपालिका–१० को भीमबस्तीकी ३२ वर्षीया कलसा सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रमुख प्रहरी निरीक्षक नरेश मल्लले बिहान करिब ९ बजेतिर बाघको आक्रमणबाट महिलाको मृत्यु भएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *