बाघको छाला सहित कुवर र शाही पक्राउ

मुख्य खबर समाचार

नेपालगन्ज, १६ असार-जिल्ला प्रहरी कार्यालय बाँकेले मंगलवार कुशुमबाट चितुवाको छाला सहित दुई जनालाई पक्राउ गरेको छ । राप्ती सोनारी गाउँपालिका १ कुशुम बजारमा बन्यजन्तुको छाला विक्रि भैरहेको सुचनाका आधारमा प्रहरीले चितुवाको छाला सहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दाङ घोराही उपमहानगरपालिका वडा नं. ९ का ३२ बर्षिय सन्तोष कुवर र दैलेख भैरबी गाउँपालिका ३ का १९ बर्षिय जितेन्द्र शाहीलाई चरीबाघ (चितुवा) को छाला सहित पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो । उनिहरु दाङबाट रा ४ प ६५०४ नं.को स्कुटीको डिग्गीमा कालो झोलामा रहेको सेतो खैरो रंगको चरिबाघको छाला सहित पक्राउ गरेको छ । उनिहरुलाई जिल्ला प्रहरी कार्यालय बाँकेले राष्ट्रिय निकुन्ज तथा बन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ बमोजिम ५ लाख जरिवाना र १५ बर्ष कैद वा दुवै सजाय हुन सक्ने मुद्दा चलानी गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *