बारबर्दियामा दशैं,सृर्जना र सम्मिलन कार्यक्रम सम्पन्न ।

समाचार

बर्दिया-बर्दियाको बारबर्दिया नगरपालिकामा स्थापित सामाजिक संस्था सरोज गौतम स्मृति प्रतिष्ठानको आयोजनामा “दसैं, सृजना र सम्मिलन” कार्यक्रम आज सम्पन्न भएको छ । विशुद्ध सामाजिक क्षेत्र प्रति उत्तरदायी रहने गरि स्थापित उक्त संस्थाले बारबर्दिया नगरपालिका भित्रका समाजसेवी, युवावर्ग, साहित्यकार, गजलकार तथा गायकहरुको उपस्थितिमा कार्यक्रम संचालन गरेको हो । कार्यक्रममा विजया दशमीको शुभ-कामना आदान प्रदान गर्दै विभिन्न सर्जकहरुबाट गित, गजल, मुक्तकहरु प्रस्तुत गरिएको थियो ।आफ्नो जन्मस्थान बाट टाढा रहि विभिन्न पेसा र व्यवसायमा संलग्न रहि आउनु भएका व्यक्तित्वहरु दसैंको अवसरमा आफ्नो जन्मस्थान फर्किने उक्त अवसरमा सबैको सामिप्यता र आत्मीयता कायम गर्दै शारदीय समयको शुभकामना आदान प्रदान सँगै विभिन्न सिर्जनाहरु लेखन गर्ने सर्जकहरुको सिर्जना वाचन, उनीहरुलाई थप साहित्यिक लेखनमा उत्प्रेरित गर्ने उद्देशका साथ उक्त कार्यक्रम आयोजना गरिएको संस्थाका सचिव निर्मल सुवेदीले जानकारी दिनु भयो । कार्यक्रमको पहिलो चरणमा “अध्ययन, अनुभूति र अपरिहार्यता” बिषयक शीर्षकमा दुई वक्ताद्वय डम्मर बि.सी र क्षत्रपति सिंह ठकुरीले आफ्नो विचार र अनुभुती व्यक्त गर्दै सबैले पठन संस्कृतिको विकास गर्नु पर्ने कुरामा जोड दिएका थिए । कार्यक्रमको दोस्रो चरण अन्तर्गत साहित्यकार कविर काफ्का (प्रवेश भुषाल), हरि प्रकाश भण्डारी , पर्वत शर्मा ढकाल, गायक एकराज पौडेल र लाल बहादुर चौधरी (बहादुर बैरागी) को साहित्यिक प्रस्तुति विशेष आकर्षणयुक्त थिए । सुभाष परियारको अध्यक्षता रहेको उक्त कार्यक्रममा एकराज पौडेलको प्रमुख अतिथि र पोमराज शर्मा, असिम गौतम, हरि खत्रीको अतिथि आसन ग्रहण रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *