बालबालिका संरक्षण सहायता स्वयम्सेवी समूहमा अधिकारकर्मि अन्सारी

मुख्य खबर समाचार

नेपालगन्ज २३ जेठ- संघिय सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्र्तगतको राष्ट्रिय बाल अधिकार परिषद्ले बाँकेबाट कोभिड संकट बालबालिका संरक्षण सहायता स्वयम्सेवी समूहमा अधिकारकर्मि साहिल अन्सारीलाई छनोट गरेको छ ।
राष्ट्रिय बाल अधिकार परिषद्को गत २ गतेको निर्णयानुसार लुम्विनी प्रदेश, बाँके जिल्ला कार्यक्षेत्र रहने गरी अधिकारकर्मि अन्सारीलाई छनोट गरेको हो । कोभिड–१९ महामारीको दोस्रो लहरमा नयाँ भेरियन्ट सहितको सक्रमण तीव्र गतिमा फैलिरहेको तथा यसले बालबालिकालाई समेत नराम्ररी असर गरेको सन्दर्भमा कोभिहबाट प्रभावित तथा सड़कमित बालबालिकाको पहिचान, तत्काल बाल संरक्षण तथा बालसंवेदनशील सेवा प्रवाहका लागि परिषद् अन्तर्गत गठित कोभिङ बाट बालबालिका संरक्षणका लागि सहायता स्वयम्सेवी समूहमा रहेर अन्सारीले बालबालिकाका लागि काम गर्नेछन् ।
अन्सारीले जिल्लाभित्र कोभिडका कारणा वा अन्य कुनै कारणबाट जोखिममा परेका बालबालिकालाई तत्काल राहत, संरक्षण सहायता लगायतको सेवा प्रवाहका लागि नजिकको बाल हेल्पलाईन १०९८, सम्बन्धित स्थानीय तह तथा परिषदलाई जानकारी गराउने छन् । आफू कार्यरत जिल्लाभित्र कुनै पनि बालबालिकाविरूद्ध हिंसा, दुर्व्यवहार या बाल अधिकार हननका घटना आएमा तत्काल सम्बोधनका लागि आफ्नो सम्पर्कमा रहेका नजिकको सेवा प्रदायक निकायसँग सम्पर्क तथा समन्वय गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *