नेपालगन्ज, २१ भदौ-बाँके युनेस्को क्लबद्धारा बर्दियाका चारवटा पालिकामा सञ्चालन भैरहेको बाल संरक्षण कार्यक्रमको मासिक योजना निर्माण तथा समिक्षा बैठक गुलरियामा सम्पन्न भएको छ ।
क्लबद्धारा प्लान इन्टरनेशनल नेपालको सहयोगमा बर्दियाका बारबर्दिया, ठाकुरबाबा र मधुवन नगरपालिका तथा गेरुवा गाउँपालिकामा सञ्चालन गरिएको बाल संरक्षण कार्यक्रमको समिक्षा गर्दै मासिक योजना निर्माण गर्नका लागि सो बैठकको आयोजना गरिएको थियो ।
सो बैठकमा कार्यक्रम अधिकृत ईश्वर विकले अगस्त महिनामा गरिएको कार्यहरुको विस्तृत विवरण प्रस्तुत गर्नु भएको थियो भने फिल्ड सुपरवाइजरहरु जनक बहादुर थारुले उपलब्धीहरु, संजिता रिजालले गतिविधीहरु तथा डम्मर परियारले चुनौती र समस्याहरु प्रस्तुत गर्नु भएको थियो ।
यसअघि कार्यक्रमको बारेमा सामुहिक रुपमा छलफल गरेर उपलब्धी, समस्या र चुनौतीहरु तयार गरिएको कार्यक्रम अधिकृत ईश्वर विकले बताउनुभयो ।
बैठकमा बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकी र कार्यकारी निर्देशक रवि तुलाधर र लेखा अधिकृत खिम थापाले गत महिनाको उपलब्धी, समस्या र चुनौती तथा आर्थिक प्रगितको समिक्षा गर्दै विभिन्न सुझाव र सल्लाहहरु दिनु भएकोले सोही बमोजिम सेप्टेम्बर महिनाको योजना बनाईएको थियो ।
मासिक रुपमा तयार गरिएका गतिविधीहरुलाई समयमै प्रभावकारी रुपमा सम्पन्न गर्नु पर्नेमा प्रमुख संरक्षक सिद्दिकीको विशेष जोड थियो ।
बैठकको समापन गर्दै बाँके युनेस्को क्लबका कार्यसमिति सदस्य फिरदौस जहाँले मासिक योजना निर्माण र समिक्षा बैठकमा गरिएको छलफल र सुझाव सल्लाह लाई गाइडलाइन बनाएर तयार गरिएका योजनाहरुलाई तदारुकताका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
सो कार्यक्रम अन्तर्गत कारण चारवटै पालिकामा वडास्तरीय बालअधिकार समितिहरु गठन भएको, बारबर्दियाका सबै वडामा बाल क्लवब सहजकर्ता नियुक्त गरिएको, बाल क्लबका पदाधिकारी र बाल क्लब सहजकर्तालाई स्टीक एण्ड स्टोन तालिम दिईएको, ७ वटा बालविवाहका घट्ना व्यवस्थापन गरिएको, बाल विवाह न्युनिकरणका लागि वडा कार्यालयले १० बुंदे प्रतिवद्धता पारित गरेको, बाल विवाह न्युनिकरणका लागि १८ सय भन्दा बढी घर धुरीले प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेको, केही वडाहरुलाई वालविवाह मुक्त वडा घोषणा गर्ने अन्तिम तयारी भैरहेको तथा बालविवाह न्युनिकरण र रोकथामका लागि धार्मिक अगुवाहरुलाई परिचालन गरिएको बाँके युनेस्को क्लबले जनाएको छ ।
बाल संरक्षण कार्यक्रमको मासिक योजना निर्माण तथा समिक्षा बैठक सम्पन्न
