नेपालगन्ज, २६ श्रावण-बाँके युनेस्को क्लबको आयोजनामा प्लान इन्टरनेसनल नेपालका साझेदार संस्थाहरुको बैजनाथ गाउँपालिकामा समन्वय बैठक सम्पन्न भएको छ ।
प्लानका साझेदार संस्थाहरु बाँके युनेस्को क्लब, साथी र स्याक नेपालको समन्वय बैठक आयोजना गरिएको क्लबले जनाएको छ ।
प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा क्लबद्धारा संचालित रोकथाम, पहिंचान, शिक्षा र रुपान्तरण परियोजना अन्तरगत आर्थिक वर्ष ०७८/०७९ मा योजना गरीएका कार्यहरुको जानकारी स्थानीयतह लगायत सरोकावालाहरुलाई गराउने उदेश्यले सो बैठकको आयोजना गरिएको हो ।
सो समन्वय बैठकमा स्थानीय स्तरमा मानव बेचबिखनको रोकथाम र यसबाट पीडितहरुको उद्धार, पुर्नस्थापना र पुनर्मिलन प्रक्रियामा स्थानीय सरकार, समुदाय स्तरका संयन्त्रहरु र अन्य सरोकारवालाहरुको प्रभावकारी संलग्नतामा अभिबृद्धि गर्ने मुख्य अभिप्राय रहेको क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।
बैजनाथ गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचालको अध्यक्षतामा सम्पन्न गरिएको सो बैठकमा वडाका अध्यक्षहरु, महिला तथा बालबालिका शाखाका प्रतिनीधी, बाल बालिकाहरु, पत्रकार, गाउँपालिकाको शिक्षा र स्वास्थ्य शाखाका प्रतिनिधीहरु तथा यस क्षेत्रमा कार्यरत संघ, संस्थाहरुको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रममा बाँके युनेस्को क्लबका परियोजना अधिकृत महेश नेपालीले आगामी कार्यक्रमको प्रस्तुतीकरण गर्नुका साथै यस गाउँपालिकामा खास गरी मानव बेचबिखन र बालबालिकाहरुको अधिकार प्रबर्धनको लागी स्थानीय सरकारले तत्काल आफ्नो पालिकामा बाल कोषको स्थानपना र यस पालिकामा बाल बालिकाहरुको सावालहरु सम्बोधन गर्नको लागि आबश्यक रणनिती निर्माण कार्ययोजनाको तयारी र कार्यन्वयन गर्नको लागी प्रस्ताव गर्नु भएको थियो ।
गाउँपालिका अध्यक्ष तथा समन्वय बैठकका अध्यक्ष रुचालले बैजनाथ गाउँपालिका सदैब बालबालिकाको हक,हित र संरक्षणको लागी सम्बेदनशील र प्रयत्नशील रहेको जानकारी गराउँदै यस पालिकाले बालबालिकाको क्षेत्रमा छुट्याएको बजेट खास गरी बालबालिकाहरुको बेचबिखन बिरुद्धको अभियान लगायत बाल अधिकार प्रबर्धनमा अधिकतम् रुपमा सदुपयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
बैठकको संचालन क्लबका परियोजनाका फिल्ड सुपरभाईजर आशा गुरुङ्गले गर्नुभएको थियो ।
बैजनाथ गाउँपालिकामा प्लानका साझेदार संस्थाहरुको समन्वय बैठक
