बाॅके, २ बैशाख-बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर-४ बैजापुरमा निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ।
नेकपा एमाले बाँकेको आयोजना तथा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको सहकार्यमा शनिवार निःशुल्क पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर परिक्षण शिविर आयोजना गरिएको हो।
शिविरमा २ सय ५५ जनाले परिक्षण गराएका थिए । शिविरमा निःशुल्क परिक्षण र निःशुल्क औषधि वितरण गरिएको राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका जिल्ला अध्यक्ष राजन शाहीले बताउनुभयो ।

शिविरको उदघाटन गर्दै प्रतिनिधि सभा सदस्य सुर्य ढकालले सामाजिक सेवा आफैमा जटिल कार्य भएको बताउदै सबैको सहकार्यले हरेक समस्याको समाधान गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।
शिविरमा शुशिल कोइराला प्रखर क्यान्सर अस्पतालका विशेषज्ञ डा. इन्द्रनिल घोस, डा. साजन थापा, डा. खुम बहादुर चौधरी, डा. क्रिस्टीन नमाके श्रेष्ठद्वारा चेक जाँच गरिएको बताईएको छ।

नेकपा एमाले बाँकेका अध्यक्ष किस्मत कुमार कक्षपतिको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य सुर्य ढकाल, केन्द्रिय सदस्य कोमल वली, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालका केन्द्रिय सदस्य शिवा शाह प्रदेश कमिटि सह सचिव पारस जङ रावल, जिल्ला अध्यक्ष राजन कुमार शाही, जिल्ला कमिटि सह सचिव मेघराज बराल, राप्ती सोनारी अस्पतालका डा. प्रदीप कुमार गुप्ता लगायतको उपस्थिति रहेको थियो ।