बाँके-बाँके प्रहरीले अबैध रुपमा भन्सार छलेर ल्याउदै गरेको रांगा नियन्त्रण लिएको छ । विहिबार जिल्ला प्रहरी कार्यालय बाट खटिएको प्रहरी टोलिले नेपालगञ्ज उप–महानगरपालिका –१२ बाट ४ वटा रांगा नियन्त्रणमा लिएको हो । भारतबाट अबैध रुपमा रांगा ल्याईरहेको भन्ने बिशेष सूचनाको आधारमा उक्त स्थानमा यस कार्यालयबाट खटिएको प्रहरी टोलिले जाँच गर्दा ८० हजार बराबरका ४ वटा रांगा बेवारिसे अवस्थामा फेला पारेको बाँके प्रहरीले जानकारी दिएको छ । बेवारीसे अवस्थामा फेला परेका रांगाहरुलाइ नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको प्रहरीले जनाएको छ ।
भन्सार छलेर नेपाल भित्र्याईएका रांगा बाँके प्रहरीको नियन्त्रणमा
