नेपालगन्ज, ६ भाद्र-केही समय सुनसान हुने ठाउँ अहिले चहलपहलले निकै प्रख्यात भएको छ बाँकेको न्यु सिटी भाइरल रोड । पछिल्लो समय सामाजिक सन्जाल टिकटकमा भाइरल भएको न्यु सिटी सडक भाइरलले प्रख्यात बनेको हो । बाँकेको बैजनाथ गाउँपालिकामा रहेको न्यु सिटिमा रहेको भाइरल सडक हेर्न र टिकटक बनाउन आउनेको भिड नै लागेको हुन्छ । केही समय सुनसान हुने न्यु सिटीमा अहिले नास्ता पसल, चटपटे, होटल लगायत गाडी समेत त्यही ठाउँमा पुग्ने गरेको स्थानियले बताउछन् । एकाएक भाइरल भएको देखेर स्थानिय दंग परेका छन् । वरिपरि हरियाली खेत । चारैतीर मनमोहक दृश्यसँगै रुखहरुको छाया जताततै सडकले टिकटक बनाउन र हेर्न आउनेको घुइचो नै लाग्ने गरेको कोहलपुर नगरपालिका ३ का हिमेन्द्र चौधरीले बताउनुभयो ।
नजिकै रहेको भाइरल रोडमा दैनिक जसो जाने गरेको उहाँले बताउनुभयो । खाली समय हुने वित्तिकै घुन्न पुगिहाल्ने चौधरीले बताउनुभयो । निजी जग्गा पलटिङग गरेको सुन्दर फाँटको बीच विचमा फराकिलो कालोपत्रे गरिएको पक्की सडकले मनमोहक नै बनाएको छ । टाढा टाढा देखि भाइरल रोड हेर्न दैनिक हजारौंको संख्यामा आउने गरेको कोहलपुर १४ बस्ने विमला पुनले बताउनुभयो । मैले पनि टिकटक मै भाइरल भएको रोड हेर्न समय मिलाएको थिए बल्ल समय मिलाएर हेर्न आएको उहाँले बताउनुभयो । टिकटममा हेरेको यहाँ आउदा रमणिय र मनमोहक ठाउँ रहेको विमला पुनले बताउनुभयो ।
यहाँ आउँदा त सांच्चै नै रमाइलो ठाउँ भएको महसुस गरेको उहाँले बताउनुभयो । जहाँ म्युजिक भिडियो बनाउन र सेल्फी, टिकटक खिच्न आउनेको घुइँचो लाग्ने गरेको छ । यो सडक खेतको बीचमा बनेको छ । आफुले सामाजिक संजाल टिकटकमा भाइरल भएको देखेर घुम्न आएको बताउँनुहुन्छ अनु रावत । ‘सामाजिक संजालमा निकै भाइरल भएको देखे यहाँ नआइ मन मानेन’ उहाँले भन्नुभयो । निजी जग्गामा बनेको यो सडकले छोटो समयमा भाइरल भएको देखेर स्थानिय दंग भएको रावतले बताउनुभयो ।

टिकटकमा देखेर यो सडकको बारेमा थाहा पाएकी हुँ, म आज पहिलोपटक यहाँ आएँ,’ स्थानिय सन्तोष चौधरीले भन्नुभयो । दैनिक रुपमा पर्यटक बढ्न थालेपछि वातावरण प्रदुषण भैरहेको उहाँले बताउनुभयो । हजारौंको भिडमा दैनिक फोहर बढिरहेको छ तर सफा कस्ले गर्ने उहाँले भन्नुभयो ।
