भारतबाट भन्सार छलि नेपालगन्ज भित्र्याइएको अवैध सामान बरामद

समाचार

बाॅके, १० असाेज-भारतबाट भन्सार छलि नेपालगन्ज भित्र्याइएको अवैध सामान शसस्त्र प्रहरीले बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बागेश्वरीबाट खटिएको सशस्त्र प्रहरी टोलीले अवैध भन्सार छली ल्याउँदै गरेको सामान बरामद गरेको हो ।

सशस्त्र प्रहरी सहायक निरीक्षक तृथा भाटको कमान्डमा खटिएको टोलिले नेपालगञ्ज उपमहानगरपालिका–१५ पिपराहवा स्थित लत्ताकपडा, किराना समान र सुपर पावर सुर्ती १ लाख ५ हजार बराबर मुल्यको भारतबाट अवैध भन्सार छली ल्याउँदै गरेको सामान बरामद गरेको उक्त गणका गण्पती सशस्त्र प्रहरी उपरीक्षक अशोक कुमार बमले जानकारी दिनुभयो ।

आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाइएको सशस्त्र प्रहरी उपरीक्षक बमले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *