भेरी अस्पतालका सटरमा डाेजर चल्यो

मुख्य खबर समाचार

नेपालगन्ज, २ असाेज-भेरी अस्पताल नेपालगन्जको परिसरमा रहेका सटरहरुमा डोजर लगाएर भत्काइएको छ ।
अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठका अनुसार व्यवसायिक प्रयोजनका लागि भाडामा दिएका सबै सटर बुधबार राति खाली गराइएको थियो ।
सरकारले भेरी अस्पताललाई विशिष्टकृत अस्पतालको श्रेणीमा राखेपछि सटर हटाएर अब पर्खाल लगाउने श्रेष्ठले बताए । विशिष्टकृत अस्पताल भएपछि अस्पताल क्षेत्रमा पसलहरु राख्न पाइदैन् ।


अस्पतालका ३४ वटा सटरमा मेडिकल स्टोर, ल्याव, होटल, किराना पसल र नास्ता पसल सञ्चालन गरिएका थिए । अस्पताल विकास समितिका अर्का सदस्य धनराम ओलीका अनुसार स्वास्थ्य मन्त्रालयले २०६५ सालमै अस्पतालका सटरहरु भाडा प्रयोजनमा नदिन परिपत्र गरेको थियो । त्यत्ति बेलादेखि नै अस्पतालले सटर खाली गराउन सकेको थिएन । ‘व्यवसायीहरुसँग सहमति गर्दै सटर खाली गराउने र भत्काउने विषयमा सहमति भएको हो’, सदस्य ओलीले प्रष्ट पारे, ‘व्यवसायीलाई दुई महिनाको भाडा मिनाहा गरिएको छ । भाडाको बक्यौता तिर्नका लागि पनि समयसीमा तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *