भेरी अस्पतालको स्तरोन्नतिका लागि पहल गर्ने स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको बाँचा

मुख्य खबर समाचार

नेपालगन्ज, २७ श्रावण-स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले नेपालगंजस्थित भेरी अस्पतालको स्तरोन्नतिका लागि पहल गर्ने बाँचा दिनु भएको छ। बुधबार नेपालगंज उप महानगरपालिका उप प्रमुख उमा थापा मगर संगको भेटघाटमा राज्यमन्त्री श्रेष्ठले उक्त बांचा ब्यक्त गर्नु भएको हो । उपमेयर मगरले राज्यमन्त्री श्रेष्ठसंग कोभिड विरूद्द खोप प्रशस्त मात्रामा सहज तरिकाले उपलब्ध गराउनुको साथै भेरी अस्पताललाई मेडिकल कलेजमा रूपान्तरण गर्नुपर्ने माग राख्नुभएको थियो ।
राज्यमन्त्री श्रेष्ठले कोभिड विरूद्दको खोप सहज तरिकाले आम नागरिकलाई उपलब्ध गराउने कार्यमा सरकार लागिपरेको र कोभिड महामारीको वेला उपचारमा उल्लेखनीय काम गरेर विरामीको सेवामा लागेको भेरी अस्पतालको स्तर उन्नतिको लागी आफुले सक्दो प्रयास गर्ने प्रतिबद्दता समेत ब्यक्त गर्नुभयो। उपमेयर मगरले बुधबारै गृहमन्त्री बालकृष्ण खांण भेट गरि समग्र नेपालगंजको शान्ति सुरक्षा र होल्डिग सेन्टरका वारेमा जानकारी गराउनुभएको थियो । यस अघि उप प्रमुख मगरले प्रधानमन्त्री शेर वहादुर देउवा र विभिन्न मन्त्रालयका सचिवहरूलाई नेपालगंजको विकास र समस्याका वारे जानकारी गराउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *