नेपालगन्ज, ३० असार-भेरी अस्पताल नेपालगन्जलाई स्वास्थ्य सामाग्री हस्तान्त्रण गरिएको छ । जर्मन कारिटास अष्ट्रेलियाको आर्थिक सहयोग र रेरी बाँकेको साझेदारीमा भेरी अस्पताल नेपालगन्जलाई स्वास्थ्य सामाग्री हस्तान्त्रण गरिएको हो । बुधवार १० लाख बढि मुल्य बराबरको स्वास्थ्य सामाग्री भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल, सदस्य कृष्ण प्रसाद श्रेष्ठलाई प्रदान गरिएको छ ।

१० लाख बराबरको स्वास्थ्य सामाग्रीमा बेडका सामाग्री, सेनिटाइजर, मास्क, ग्लोप्स, कपडा लगायतका अन्य सामाग्री हस्तान्त्रण गरिएको थियो ।