भौतिक पूर्वाधार तथा यातायात मन्त्री राईद्वारा बाढीग्रस्त क्षेत्रकाे अनुगमन

मुख्य खबर समाचार

नेपालगन्ज, २० असाेज-बाँकेमा भएको डुवान क्षेत्रको भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले स्थलगत निरीक्षण गरेका छन । डुडुवा क्षेत्रका कयौं बस्तीहरू डुबानमा परेको खबर पाएपछि मन्त्री राई आज दिउँसो डुडुवाको होलिया क्षेत्रमा अवलोकनका लागि पुग्नुभएको हो ।
राईले डुडुवा गाउँपालिका क्षेत्रमा पुगेर बिहीबार दिउँसो निरीक्षण गरेका हुन् । 
डुडुवा क्षेत्रमा बाढीको क्षतिबारे जानकारी लिँदै उनलेे बाढी र डुबान प्रभावित परिवारका लागि आवश्यक राहत व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउने प्रतिवद्द्ता जनाए । वहाँले डुडुवा आफ्नो निर्वाचन क्षेत्र पनि भएकाले त्यहाँका प्रभावितहरूको दिनचर्या सहज बनाउन व्यक्तिगत तर्फबाट पनि तत्कालै पहल गर्ने आश्वासन समेत दिनुभएको छ । वहाँले बाढी र डुबान क्षेत्रमा मानवीय र भौतिक क्षति हुन नदिन आफ्ना युनिटहरूलाई तदारूकताका साथ परिचालन गर्न पनि जिल्लास्थित सुरक्षा अधिकारीहरूलाई निर्देशन दिनुभएको छ ।


मन्त्री राईले राप्ती नदीमा पानीको सतह बढेकाले मुर्ति विसर्जनमा जानेहरूलाई सजगता अपनाउन समेत आग्रह गर्नुभएको छ । वहाँले जिल्लाका सुरक्षा अधिकारीहरूलाई सुरक्षित तरिकाले मुर्ति विसर्जनको व्यवस्था मिलाउन पनि निर्देशन दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *