मदनापुर विद्यालयमा ५१ विरुवा रोपिए

मुख्य खबर समाचार

बाँके, १८ भदाै-नेपालगन्ज उपमहानगरपालिका २० मदनापुरस्थित श्री भवानी प्राविमा आज बृक्षारोपण गरिएको छ । जनता समाजवादी पार्टी (जसपा)ले ‘रुख रोपौ वातावरण, अक्सिजन, मानव जिवन र धर्ती मातालाई बचाउ’ भन्ने अभियान अन्तर्गत विभिन्न जातका ५१ वटा रुख रोपिएको हो ।

एक महिने अभियान अन्तर्गत अभियानको तेस्रो चरणमा श्री भवानी नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा बृक्षारोपण गरिएको जसपा बाँकेका जिल्ला अध्यक्ष मोहम्मद कमरुद्दिन राईले बताउनुभयो ।
उहाँले रुखले वातावरणलाई स्वच्छ र सफा राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।

उहाँले बृक्षारोपणले विद्यालयलाई फाइदा पुग्ने बताउनुभयो । उहाँले विद्यालयमा मात्र नभएर घरघरमा विरुवा रोप्न आग्रह गर्नुभयो ।

संघीय सांसद तथा पूर्वमन्त्री मोहम्मद इस्तियाक राइको नेपालगन्जलाई हरित नगर बनाउने सपनालाई साकार पार्न रुख रोप्ने अभियान सुरु गरिएको उहाँले बताउनुभयो ।

यसअघि उक्त वडाकै आदर्श उच्च मावि गायत्री धाममा ७० विरुवा रोपिएको थियो ।

वृक्षारोपण कार्यक्रममा जसपा बाँकेका उपाध्यक्ष राजन राना मगर सचिव राजेन्द्र बिश्वकर्मा, नगर अध्यक्ष श्रवण यादव, जसपा लुम्बिनी प्रदेश लेखा संयोजक कौशल धोबी, बाँके क्षेत्र न ३ का अध्यक्ष राजीव बर्मा, क्षेत्र न २ ख इन्चार्ज रमा रानी वैश्य, विद्यालय व्यवस्थापन समितिका सदस्य भुवन बुढाथोकी र सुनिता बिक, पुर्व अध्यक्ष रुपलाल थापा बिद्यालयका प्रधानाध्यापक दिल माया पुनलगायतको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *