मदिराको झोकमा लाठीले हिर्काउदा श्रीमतको मृत्यु

समाचार

सन्धिखर्क : अर्घाखाँचीको खाँचीकोटमा श्रीमानले आफ्नै श्रीमतीको लाठीले हानेर हत्या गरेका छन्।

प्रहरीका अनुसार गए राती खाँचीकोटको म्युखोलामा श्रीमान श्रीमती दुवै जनाले मदिरा पिएर झगडा गरेको र मदिराकै झोकमा म्यालको लाठीले हानेर हत्या गरेको हो ।

सन्धिखर्क नगरपालिका-७, खाँचीकोटमा श्रीमानले आफ्नै ३५ वर्षीया श्रीमती सिता विकको लाठीले हानेर हत्या गरेको आरोपमा, विकका ३० वर्षीय श्रीमान विष्णु विकलाई नियन्त्रमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक अम्मरबहादुर थापाले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *