खजुरा गाँउपालिका वडा न.४ का युवा नेता मनोज बिश्वकर्मा आफ्नो वडामा लोकप्रिय बनेका छन।
बिगत नेकपा एमाले को तत्कालिन युथफोर्स स्थापना कालदेखि नै नेकपा एमालेको भातृ सङ्गठन हाल राष्ट्रिय युवासङ नेपाल बाके को जिल्ला उपाध्यक्ष हुदा सम्म समाजसेवा,रक्तदान,स्वच्छ छवि र लोकप्रियरुपमा समाजमा न्याय र संगठनका लागि सदैभ अग्रपंक्तिमा रहेर काम गरेका छन।
बिश्वकर्मा अब आफ्नो समाजमा समाज रुपान्तरणका लागि युवा पिढिको आवस्यक रहेको बताए साथै उनले समाजमा मात्र नभएर देश परिवर्तन गर्न समेत युवा पिढीहरुको आवस्यक रहेको बताएका छन।
उहाको बाजे (मामाघर)२००७ साल देखि कठोर राजतन्त्र बिरोधी हुन ।बिरोध गरेकै कारण उहाको हजुरबुबा को टाउको को पचासहजार मूल्य समेत तत्कालीन राजाले तोकेको हो । फलस्वरूप तत्कालीन राजाले हजुरबुवालाई देश निकाला गरेका गरेका हुन । त्यही देश निकालाकै क्रममा उहाको पुजनिय आमाको जन्मपनी भारतको बहराइच मा भएको हो।
साथै उहाको घरको हजुरबुवा पनि २०२३ साल देखि २०३९ सालसम्म गाउँ पंचायत को सदस्य बनेर समाजको नेतृत्व गरेका हुन । २०३९ साल देखि २०४३ साल सम्म बुवा देउमल सुनार पंचायत सरकार को तत्कालिन बागेश्वरी गाबिस को वडाअध्यक्ष बनेर नेतृत्व सम्हालेका हुन। उहाको बुवा हाल सम्म पनि समाजिक तथा राजनीतिक क्षेत्रतिर क्रियाशिल नै हुनुहुन्छ । पारिवारिक पृष्ठभुमि कै कारण उनी राजनीतिक नेतृत्व मा आएर आफ्नो हजुरबा,बुवाको कार्यलाई पुन आफुले सुरुवात गरेर देश जनताको सेवक बन्ने उहाको प्रबल ईच्छा रहेको छ।
उनले भनेका छन “युवा नै समाजको उर्बर शक्ति हो ” अव युवा शक्तिलाई अगाडि बढाउने र समाज रुपान्तरण को केन्द्र बिन्दु मात्र नभएर आमूल परिवर्तन को शक्ति हुने समेत बताए । अब युवा लक्षित कार्यक्रम ल्याउने जसले पुराना साथै आगामी आउने पुस्तालाई समेत ठूलो सहयोग पुग्ने र खजुरा वडा न. ४ को बिकास लाई तिब्रता दिने समेत जाहेर गरेका छन।