मनोरञ्जन क्षेत्रमा कार्यगर्नेलाई मानव बेचविखन बिरुद्धको अभिमुखिकरण

मुख्य खबर समाचार

बाॅके, १८ श्रावण-मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिक तथा सञ्चालकलाई लक्षित गरी मानव वेचविखन र श्रम अधिकार सम्बन्धी एक दिने अभिमुखिकरण नेपालगञ्जमा आयोजना गरिएको छ । २५ जना सहभागी रहेको सो अभिमुखिकरण कार्यक्रम हाम्रो सम्मान परियोजना अन्तरगत सञ्चालन गरिएको हो । युएसएआइडी, युकेएआईडिको आर्थिक सहयोग र वीनरकको प्राविधिक सहयोग तथा कानूनी सहयोग तथा परामर्श केन्द्र ‘ल्याक’ नेपालको आयोजना  सो कार्यक्रममा सम्पन्न भएको थियो । मनोरञ्जन क्षेत्र होटल, दोहरी साँझ, फिटनश क्लव, डान्स क्लव जस्ता मनोरञ्जनका क्षेत्र मानव वेचविखनको दृष्टिले अत्यन्तै संवेदनशिल भएकोले हाम्रो सम्मान परियोजना अन्तरगत सो कार्यक्रम सन्चालन गरिएको आयोजकले जनाएको छ । यो क्षेत्रका सञ्चालक, श्रमिकलाई मानव बेचखिन बिरुद्धको सचेतना फैलाउने उद्देश्यले अभिमुखिकरणको आयोजना गरिएको आयोजक ल्याकका कार्यक्रम संयोजक अर्पणा सिहले जानकारी दिईन । हाम्रो सम्मान परियोजना अन्तरगत यसअघि मनोरञ्जनका क्षेत्रमा कार्यरत श्रमिक तथा सञ्चालकलाई सहभागि गराई दुई दिने मानव बेचविखन बिरुद्ध तालिम सम्पन्न गरि सकेको बताउदै उनले सो तालिमका सहभागिलाई पुनरताजकी लागि एक दिने अभिमुखिकरण आयोजना गरिएको बताईन । सो अभिमुखिकरणमा श्रमीकका अधिकार तथा दायित्वका बारेमा र मानव वेचविखनको प्रकृति तथा यसको कारणबारे प्रशिक्षकहरुले सहभागिलाई जानकारी दिंदै छलफल गरोका थिए । मानव बेचविखनका क्षेत्रमा जोखिममा रहेकालाई कसरी जोगिने, उनीहरुले अपनाउने तौरतरिकाको बारेमा जानकारी गराईएको अधिवक्ता सुनिता शर्मा ज्ञवालीले जानकारी दिईन । तालिममा सहभागीहरुलाई मानव वेचविखन र श्रम अधिकार सम्बन्धी नेपाल ल क्याम्पसका उपप्राध्यापक अधिवक्ता मनिषा पौडेल, अधिवक्ता अनिता न्यौपानेले प्रशिक्षण दिएक थिए । ल्याकको आयोजना बाँके, कैलाली, रुपन्देही र काठमाण्डौमा यस सम्बन्धी १० वटा छुट्टाछुट्टै तालिम आयोजना गरी सम्पन्न भई सकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *