नेपालगन्ज, भौतिक योजना तथायातायात मन्त्री हुँदा मोहम्मद इश्तियाकराईले शिलान्यास गरेका दुई सडक आयोजनाहरूको काम आइतबार देखि सुरू भएकोछ ।
उनलेशिलान्यास गरेका जमुनाहानाका देखि राझासम्मको सडक अस्फाल्ट ओभर योजनार अन्तर्गत पुस्पलाल चोकदेखि सिधनिया हुलाकी सडक स्तरोन्नती योजनाको काम सुरू भएको हो ।
सडक डिभिजन कार्यालयका अनुसार अस्फाल्ट ओभरले योजना करिब २४ करोड लागतमा सम्पन्न हुने छ ।रौताहा खड्का जेभी निर्माण कम्पनीले ठेक्कापाएको यो योजना अन्तर्गत उक्त सडकलाई थप बलियो र आधुनि कप्रविधिबाट बलियो पिचहुने छ ।
भौतिक योजना तथा यातायात मन्त्री हुँदा राईले ती सडक योजनाहरूको शिलान्यास गरेका थिए । त्योबेला चुनावलाई ‘टार्गेट’ गर्दै शिलान्यास भएको भन्दै विपक्षीहरूले उनको विरोध गरेका थिए ।
कतिपयले उनलाई ‘शिलान्यास मन्त्री’ भन्दै खिसी पनि गरेका थिए ।
तर तत्कालीन मन्त्री राईले शिलान्यास भएका सबै विकासका आयोजनाहरूको बजेट सुनिश्चित भइसकेको रठेक्का सम्झौताका सबै प्रक्रियाहरू सुरूभएको भन्दै ढुक्क हुन आग्रह गरेका थिए ।
त्यो बेला शिलान्यास गरिएका सबै पुलहरू तथा अरू आयोजनाका कामहरू पनि चाँडै सुरू हुने राईले बताएका छन् ।
चुनावकै मुखमा सरकारबाट बाहिरिएर चुनावी अभियानमा व्यस्तरहेका राई जनता समाजवादी पार्टीबाट बाँके क्षेत्र नं २ का प्रतिनिधि सभा उम्मेदवार हुन् ।
‘मैले कुनै पनि योजनाहरूको अध्यय नगरेर, बजेटको सुनिश्चितता गरेर मात्रै शिलान्यासगरेको थिएँ ।ठूला आयोजनाहरू भएका कारण त्यसको सुरूवाती प्रक्रियाहरू लामो हुन्छ ।तर जेभए पनि सबै योजनाहरूको काम सुरू हुन्छ उनले भने‘ अब हामीले के कतिगरेका छौं र अझै गर्न सक्छौं भन्ने प्रस्ट भएको छ । यी आयोजनाहरू बाँकेकै विकासका सूचकहरू हुन् । कसैले यस बारे भ्रम फैलाउन जरुरी छैन । उनले विकास गर्ने इच्छा शक्ति नभएका र कुनै पनि अजेन्डा बिना उम्मेदवार भएकाहरूले आम मतदातामा अफवाह फैलाउनका लागि यस्ता मुद्दाहरू उचाले को भन्दै कसैलाई पनि भ्रममा नपर्न अपिल समेत गरे ।
‘हामीले अझै धेरै काम गर्नु छ । यो क्षेत्रका लागि र समग्र बाँकेको विकासका लागि अझै धेरै नयाँ विकासका योजनाहरू ल्याउनुछ उनले भने काम गरिरहेको र अझै गर्न सक्ने उम्मेदवारहरू नै मतदाताका रोजाइमा पर्छन् । गर्न नसक्नेहरूले अरूलाई गाली र गलौज बाहेक विकासका अजेन्डाहरूमा बहसनै गर्न सक्दैनन् ।
मन्त्री हुँदा इश्तियाकराईले शिलान्यास गरेका दुई सडक योजनाको काम सुरू
