महाबु गाउँपालिकाकाे नीति तथा बजेट तर्जुमा सुझाब संकलन सम्पन्न

समाचार


दैलेख – दैलेखकाे महावु गाउँपालिकाले २०८०/०८१ काे नीति तथा बजेट तर्जुमा कार्यक्रम सम्बन्धमा सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रम आज सम्पन्न गरेकाे छ । महाबु गाउँ कार्यपालिकाकाे कार्यालयले आयाेजना गरेकाे कार्यक्रममा स्थानिय राजनितीक दल, बुद्धिजीवी, समाजसेवी, अगुवा, शिक्षक, प्रहरी, जनप्रतिनिधि लगायतकाे सहभागितामा नीति तथा बजेट तर्जुमाकाे बारेमा अन्तरक्रिया कार्यक्रम गरेकाे हाे । कार्यक्रममा पालिकाका कार्यवाहक अध्यक्ष मञ्जु कुमारी शर्माले उपलब्धि मुलक काममा जाेड दिन आग्रह गर्नुभयाे । पालिकाभित्र कम काम गर्ने तर देखिन लायक काम गर्ने उहाँले बताउनुभयाे । स्थानिय जनप्रतिनिधि आएपछि विकासकाे कामले तिब्रता पाएकाे स्थानियले बताएका छन् । बिकट क्षेत्र भएकाे कारण बािकास निर्माणका काम ढिलै भएपनि उपलब्धि मुलक र देखिन लायक बनाउले जनप्रतिनिधिहरूले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *