नेपालगन्ज, १० चैत-नेपालगन्जमा महिलाका लागि ३ दिने क्षमता अभिवृद्धि र राजनीतिक साक्षरता तालिम सुरु भएको छ । नेपाल लिडशिप एकेडमी (NLA) र इन्टरनेशनल रिपब्लिकन ईन्स्टिच्युट (IRI) को आयोजनामा तालिम संचालन गरिएको हो ।
विशेष गरि राजनितिक क्षेत्रमा महिलालाई अब्बल बनाउने उधेष्यले तालिम आयोजना गरिएको हो । तालिममा गत फाल्गुन २८ गते आयोजना गरिएको महिलाका लागि राजनीतिक साक्षरता विषयक १ दिने कार्यशालाबाट छनौट गरिएका बाँके र बर्दियाका २५ जना महिलाको उपस्थिति छ । जसमा राजनीति गरिरहेका, राजनितिमा चासो राख्ने र विभिन्न कलेजमा पढ्दै गरेका छात्राहरुले तालिम लिइरहेका छन् ।
तालिमको पहिलो दिन नेपालगन्ज उपमहानगरपालिकाकि निवर्तमान उपाध्यक्ष उमा थापाले प्रशिक्षण दिनुभयो । उहाँले राजनीतिमा आफ्नो अनुभव, महिलाको अधिकार साथै राजनीतिक क्षेत्रमा महिलाको अवस्था लगायत विषयमा प्रशिक्षण दिनुभयो। उहाँले भन्नुभयो, राजनीति गर्न जरुरि छैन तर बुझ्न जरुरी छ । हरेक क्षेत्रमा महिलाको सहभागिता कम भएको भन्दै अबको हरेक क्षेत्रमा महिलाको नेतृत्व हुनुपर्ने र महिलाले पनि नेतृत्व गर्न सक्नु पर्ने उहाँको तर्क थियो । लिंगका आधारमा हुने बिभेदले गर्दा नै महिलाको सहभागिता संगै नेतृत्व कम संख्यामा रहेको उहाँको भनाई छ।
तालिमको दोश्रो दिन महिलाको नेतृत्व विकास विषयमा पत्रकार शंकर प्रसाद खनाल र तेस्रो दिन राजनितिमा महिला सहभगिताको विषयमा नेपाल लिडरसीप एकेडेमीका प्रोजेक्ट लिडर पुजा वैश्यले प्रशिक्षण दिनुहुनेछ ।
महिलाका लागि राजनीतिक साक्षरता तालिम सुरु
