मानवबेचविखन विरुद्ध विद्यालयमा सञ्चालित अभियानको समिक्षा गरियो

मुख्य खबर समाचार

नेपालगन्ज, १० भदौ-बाँके युनेस्को क्लबले बाँकेका चार स्थानीय तहमा मानव बेचबिखन बिरुद्धको अभियान रोकथाम नै समाधान भन्ने उद्देश्यका साथ सञ्चालन गरेको प्रोटेक्ट परियोजना अन्तरगत सञ्चालित विद्यालय लक्षित ‘स्टिक एण्ड स्टोन’ सत्र सम्बन्धी समीक्षा कार्यक्रम नेपालगन्जमा सम्पन्न गरेको छ ।
प्लान नेपालको आर्थिक सहयोगमा क्लवद्वारा सञ्चालन गरिएको सो परियोजना बाँकेका खजुरा, बैजनाथ गाउपालिका, कोहलपुर नगरपालिका र नेपालगञ्ज उपमहानगरमा मानव बेचबिखन बिरुद्धको अभियान रोकथाम नै समाधान भन्ने नाराका साथ सञ्चालनमा रहेको छ ।
प्रोटेक्ट परियोजना अन्तरगत बालबालिकालाई बेचविखनबाट सुरक्षित राख्नको लागि जनचेतनामुलक कक्षा सञ्चालनको लागि ती पालिकाका कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई लक्षित गरी उनीहरुलाई बाल संरक्षण र मानव बेचखिनका बिरुद्ध जानकारी गराउने उद्देश्यले १६ कक्षा भार बराबरको ‘स्टिक एण्ड स्टोन’ सत्र सञ्चालन गर्दै आएको क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।
प्रोटेक्ट परियोजना अन्तरगत विद्यालयका शिक्षकलाई ‘स्टिक एण्ड स्टोन’ सत्र सञ्चालनको तालिम यसअघिनै दिईएको थियो ।
शिक्षकहरुले आ–आफ्नो विद्यालयका कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई १६ वटा कक्षा सञ्चालन गरी मानव बेचखिनको जोखिम क्षेत्र पहिचान, बचाउ, आफ्नो अधिकार, आनिबानीमा परिवर्तन, सामाजिक घुलमिलन गर्ने तौरतरिका सिकाउदै मानव बेचविखनबाट जोगिने तौर तरिका सिकाईने गरिएको परियोजनाका संयोजक महेश नेपालीले बताउनुभयो ।
बाँकेका चारवटै पालिकाका विभिन्न विद्यालयका शिक्षक शिक्षिका सहभागि रहेको ‘स्टिक एण्ड स्टोन’ सत्र समिक्षा कार्यक्रममा कोभिड–१९ का कारण भोग्नु परेको चुनौती तथा कक्षा चलाईएको तरिकाबारे समेत छलफल गरिएको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *