मानव बेचबिखन बिरुद्ध सक्रिय अभियन्ताहरुलाई मोबाईल ट्याबलेट्सहित बिभिन्न सामाग्री सहयोग

समाचार

नेपालगन्ज, मानव बेचबिखन तथा ओसार-पसार बिरुद्ध सक्रिय अभियानकर्मीहरुलाई ट्याब्लेटसहित विभिन्न सामाग्री वितरण गरिएको छ ।
मानव बेचबिखन बिरुद्धको परियोजनाअन्तरगत प्लान ईन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबले मंगलबार उक्त सामाग्री बितरण गरेको हो।
बाँके जिल्लाको चारवटा पालिका नेपालगञ्ज उपमहानगर, कोहलपुर नगरपालिका, खजुरा र बैजनाथ गाउँपालिकामा मानव बेचविखन विरुद्ध सचेतना अभियानमा खटिएका २० जना युवा अभियन्ताहरुलाई प्रतिब्यक्ती १ थान मोबाईल ट्याब्लेट, एकवटा टी शर्ट, एउटा कैप र १ थान रिस्ट व्याण्ड वितरण गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष राजेन्द्र चौधरीले जानकारी दिनुभयो । प्लान नेपाल केन्द्रिय कार्यालयका कार्यक्रम ब्यवस्थापक लक्ष्मी पाठकले उक्त सामाग्री पाएपछी अभियन्ताहरुलाई काम गर्न सहज हुने बिश्वास ब्यक्त गर्नुभयो । उहाँले ती सामाग्रीको प्रयोगले मानव बेचबिखन न्युनिकरण तथा त्यसको रोकथाम गर्न मद्दत पुग्ने बताउनुभयो । त्यसअघि बाँके युनेस्को क्लबले प्लान नेपालको सहयोगमा सञ्चालन गरेको मानव बेचविखन विरुद्धको परियोजनाको समिक्षा गर्दै आगामी योजना निर्माण कार्यक्रमसमेत सम्पन्न गरेको थियो । नेपालगञ्जमा आयोजना गरिएको सो कार्यक्रममा परियोजना अन्तर्गत विगतमा गरिएका कार्यहरुको समिक्षा गर्नुका साथै आगामी दिनमा गर्ने कार्यहरुको योजना निर्माण गरिएको परियोजना संयोजक महेश नेपालीले बताउनुभयो । कार्यक्रममा बाँके युनेस्को क्लबका अध्यक्ष चौधरी, उपाध्यक्ष पन्चम गुरुंग, कार्यकारी निर्देशक रवि तुलाधर, परियोजनाका फिल्ड सुपरवाइजर शंकरसिंह थारु र प्लान नेपाल नेपालगञ्जका कार्यक्रम संयोजक सन्तोष पुलामी समेतको उपस्थिती रहेको थियो । प्लान नेपाल नेपालगञ्जका कार्यक्रम संयोजक सन्तोष पुलामीले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *