जावेद अहमद
नेपालगन्ज,२४ असार-मानव बेचविखन विरुद्ध २ देशका युवा एक भएका छन् । पछिल्लो समय मानव बेचविखन निक्कै ठुलो समस्याका रुपमा देखा पर्न थालेपछि यसको न्युनिकरणका लागि नेपाल र भारतका सिमावर्ति क्षेत्रका युवायुवतिहरु एक भएका हुन् । विहिबार नेपालगन्ज आयोजना गरिएको एक छलफल कार्यक्रममा बोल्दै उनिहरुले मानव बेचविखन न्युनिकरणका लागि युवाहरुको महत्वपुण भुमिका रहेकोमा जोड दिए । साथै उनिहरुले यौन शोषणका लागि महिला र बालबालिकाको बेचबिखनले ठूलो हिस्सा लिए पनि बाध्यकारी श्रम, अस्थायी नियन्त्रण, मानव तस्करीसँगै अवैध सामग्रीको तस्करी लगायतका प्रयोजनमा पनि मानव बेचविखन बढ्दै गएको उनिहरुले दावि गरेका थिए । राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनअनुसार गत वर्ष नेपालका अनुमानित ३५ हजार मानिस बेचबिखनमा परेका थिए । तीमध्ये १२ हजार वैदेशिक रोजगारी, ७ हजार वयस्क मनोरञ्जन र ३ हजार “निकृष्ट“ बालश्रमका लागि बेचबिखनमा परेको अनुमान छ । त्यो प्रतिवेदनअनुसार अहिले पनि नेपालका करिब १५ लाख मानिस मानव बेचबिखनको जोखिममा रहेका छन् । तीमध्ये १३ देखि १९ वर्ष उमेरका १२ लाख ग्रामीण किशोरीहरू बेचबिखनको जोखिममा छन् ।

त्यसअनुसार वयस्क मनोरञ्जनका लागि २१ हजार, वैदेशिक रोजगारीको तयारीमा रहेका झन्डै दुई लाख र बालश्रमका लागि एक लाख मानिस जोखिममा छन् । नमुना बाल संसद भारतका पदाधिकारी र नेपालका युवा अभियन्ताहरुको सहभागिता रहेका सो सो छलफलमा देहात संस्थाका निर्देशक देव्यानि चर्तुवेदी, रुसुफ नेपालका मुस्तक अलि राई, देहातकै हसन फिरोज, अधिकारकर्मि साहिल अन्सारीले विषयबस्तु माथि प्रकास पार्नुका साथै छलफमा सहजिकरण गरेका थिए ।

