मिलको कम्प्रेसर मेसिन विस्फोट हुँदा कार्यरत मजदुरको मृत्यु, २ घाईते

नेपालगन्ज विशेष समाचार

नेपालगञ्ज २२ जेठ- बिर्तामा रहेको किसान फिड मिल प्रालिमा रंगरोगन गर्नेक्रममा कम्प्रेसर मेसिन बिस्फोट हुँदा सो मिलमा कार्यरत बाराको कलैया उपमहानगर–१९ का साबीराज मियाँको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरिक्षक ओमबहादुर रानाले जानकारी दिए ।
उनले सो घटनामा परेर सोही स्थानमा कार्यरत मजदुर ईसराद्दिन मियाँ र नसरुद्दिन मियाँ घाइते भएको र उनीहरुको नेपालगञ्ज नर्सिङ्गहोममा उपचार भई रहेको बताए ।
शनिबार बिहान साढे ९ बजे भएको सो घटनाको जानकारी आउने बित्तिकै प्रहरी प्रमुख राना, वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख डिल्लीबहादुर खड्कालगायतको टोली घटनास्थल पुगेर अनुसंन्धान सुरु गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *